Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविराटनगरमा फड्का खेलका खेलाडीको सक्रियता बढ्दो

विराटनगरमा फड्का खेलका खेलाडीको सक्रियता बढ्दो


विराटनगर । विराटनगरमा अवैध जुवाजन्य फट्का खेल खेलाउने गिरोहको सक्रियता बढेको छ । केही समय मथ्थर भएको यो खेल फेरि मौलाउँदै गएको पाइएको हो ।

केहीअघि मात्रै प्रहरीले चार खेलाडी, रकम र तिनले प्रयोग गर्ने सामग्री पक्राउ तथा बरामद गरेको थियो । भारतमा भएको इन्डियन प्रिमियर लिगको समयमा यसले प्रश्रय पाएको थियो । उक्त बेला विराटनगरमा मात्रै दैनिक करोडौँको सट्टेबाज हुने गरेको प्रहरीको अनुमान छ । पछिल्लो समय भने अन्य लिगमा समेत सट्टेवाज हुनथालेको छ ।

विराटनगरमा हुने फट्का तथा सट्टेबाजमा केही विराटनगरकै व्यापारीका छोराछोरीहरूले यस्तो खेल खेल्ने गरेको पाइएको छ । यसमार्फत करोडौंको कारोबार उनीहरुले गर्ने गरेका छन् । सट्टेवाजहरुले दिनभर क्रिकेटमा हुने खेलका आधारमा स्थानीय खेलाडी व्यापारीसँग मोलतोल गर्ने र पैसा उठाउने गरेका थिए । यसअघि मोरङ प्रहरीले कडाइ तथा निगरानी बढाएपछि लामो समयसम्म मथ्थर भएको थियो ।

अवैध जुवाजन्य फट्का चलाउन भारतसम्म सञ्जाल विस्तार भएको पाइएको छ । नेपालबाट बुकीको काम गर्नेहरुले भारतको बिकानेर र जयपुरबाट दैनिक फट्काको भाउ बुझ्ने काम गर्ने गरेका छन् । त्यहाँबाट भाउ तोकिएपछि नेपालमा रहेका बुकीहरुले फट्काको दाउमा सट्टा लिने गरेका छन् । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x