Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसेयर बजार परिसुचक १९ सय ३४ बिन्दुमा

सेयर बजार परिसुचक १९ सय ३४ बिन्दुमा


काठमाडौं । सेयर बजार परिसचुक उकालो लागेको छ । अघिल्लो दिन १३ दशमलव ५४ अंकले ओरालो लागेको सेयर बजार परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार भने २१ दशमलव तीन अंकले उकालो लागेर १९ सय ३४ दशमलव चार बिन्दुमा चढेको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ८३ अंकले उकालो लागेर तीन सय ७६ दशमलव १७ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ३१ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट २० हजार पाँच सय २० पटकको कारोबारमा ३१ लाख ४६ हजार नौं सय ९६ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल सेयर कारोबार रकम ९२ करोड २५ लाख ७४ हजार चार सय १० रुपैंयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहहरुको सुचक उकालो लागेर सेयर बजार पुरै हरियो भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x