काठमाडौँ । पेट्रोलियम पदार्थको ढुवानी भाडा समयसापेक्ष वृद्धि गर्ने सहमति भएसँगै पेट्रोलियम ढुवानी व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा, मन्त्रालय, नेपाल आयल निगम तथा नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका पदाधिकारीको छलफलपछि ढुवानी भाडा समायोजनसम्बन्धी विषय आगामी असोज ७ गतेसम्म लागू गर्ने सहमति भएको हो ।
सहमतिपश्चात् व्यवसायीले आजैदेखि आन्दोलनका कार्यक्रम स्थगित गरी ढुवानी सेवा सञ्चालन गरेका छन् । महासङ्घले विगत लामो समयदेखि ढुवानी भाडा समयसापेक्ष वृद्धि गरिनुपर्ने माग गर्दै आएको थियो । निगम र महासङ्घबीच व्यवसायीका मागअनुरुपको ढुवानी भाडा वृद्धिसम्बन्धी प्रस्तावलाई जतिसक्दो छिटो कार्यान्वयन गर्ने सहमति भएको छ । भाडा वृद्धिसम्बन्धी प्रस्ताव निगमको सञ्चालक समितिमा पेश भइसकेको छ ।
यसैगरी नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घ र नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले राखेका मागका सम्बन्धमा महासङ्घको प्रतिनिधिसहित सम्बन्धित सङ्घ तथा सङ्गठनको प्रतिनिधिको उपस्थितिमा आवश्यक छलफल गरी उचित सम्बोधन गर्ने सहमति भएको निगमले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘सहकारी ठगी प्रकरणका दोषीलाई कारबाही गर्न सहयोग गरौँ’
- प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल
- अरनिको राजमार्ग विस्तार : जग्गा अधिग्रहण र सम्पदा व्यवस्थापनमा समस्या
- घटस्थापना अगाडि सडक मर्मत गरिसक्न निर्देशन
- मेची भन्सारबाट दुई अर्ब ४२ करोड राजस्व सङ्कलन
- वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व
- एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु
- तल्लो सेती जलविद्युत् आयोजनाः इआइए उपर प्राप्त सुझाव विभाग र एडिबीमा बुझाइयो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया