Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारडल्लुमा ‘भूकम्प स्मृति बहुउद्देश्यीय कभर्ड हल’ शिलान्यास

डल्लुमा ‘भूकम्प स्मृति बहुउद्देश्यीय कभर्ड हल’ शिलान्यास


काठमाडौं । काठमाडौंको डल्लु आवास क्षेत्रमा निर्माण हुने बहुउद्देश्यीय कभर्ड हल शिलान्यास गरिएको छ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष समेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले उक्त कभर्ड हलको शनिबार शिलान्यास गरेका हुन् ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको सहयोगमा निर्माण हुने ‘भूकम्प स्मृति बहुउद्देश्यीय कभर्डहल’को शनिबार काठमाडौं–१५ स्थित डल्लु आवास क्षेत्रमा शिलान्यास गरिएको हो । साढे चार करोड लागतमा बन्ने कभर्ड हलमा राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता तथा तालिमहरु सञ्चालन गर्न सकिनेछ ।

बहुउद्देश्यीय कभर्डहल छ रोपनी जग्गामा निर्माण हुनेछ । कभर्ड हलमा भलिबल, ब्याडमिन्टन, टेबल टेनिस खेलका साथै ध्यान, योग, सेमिनार जस्ता कार्यक्रम सञ्चालन गर्न समेत सकिनेछ । स्थानीय स्तरमा खेलाडी उत्पादनमा पनि कभर्डहल सहयोगीसिद्ध हुने बताइएको छ । कभर्ड हल नौ महिनाभित्र सम्पन्न हुने निर्माण कम्पनीले जनाएको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x