Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ


काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका अनुसार ललितपुरको गोदावरी १ घर भई हाल ललितपुरकै कुमारीपाटी बस्दै आएका ३७ वर्षीय रन्जित खड्कालाई पक्राउ गरिएको हो ।

रुपसिंह बुढाथोकीले जाहेरीले प्रतिवादी ललितपुर जिल्लाको साबिक गोदामचौर गाविस वडा नं. ६ हाल परिवर्तित गोदावरी नगरपालिका वडा नं १ घर भई हाल कुमारीपाटी बस्ने खड्कालाई आइतबार काठमाडौंको नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरेको कार्यालयका प्रवक्ता एवं सूचना अधिकृत प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिए ।

प्रवक्ता कोइरालाका अनुसार खड्काउपर बैंकिङ कसुर मुद्दामा २० लाख ५० हजार बिगो कायम रहेको छ । पक्राउ परेका खड्कालाई थप अनुसन्धान तथा कारबाहीको लागि आइतबार नै जिल्ला प्रहरी परिसर टेकु पठाइएको र सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता कोइरालाले जानकारी दिए । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x