Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलालीगुराँस सहकारी चरम आर्थिक संकटमा

लालीगुराँस सहकारी चरम आर्थिक संकटमा


काठमाडौं । लालीगुराँस बचत तथा ऋण सहकारी संस्था लि.मा चरम आर्थिक संकट सुरु भएको छ । संस्थामा सेयर सदस्यहरुले गरेको बचत सञ्चालकहरुले आफू खुसी आ–आफ्नो व्यक्तिगत आयआर्जनका कार्यमा लगानी गरेका थिए र केही रकम कर्जामा लगानी गरेका थिए । सञ्चालकहरुले आफू र आफन्तका नाममा गरेका लगानी फिर्ता हुने अवस्था नहुँदा लालीगुराँस सहकारीले बचतकर्ताले मुद्दती बचतमा राखेको रकम निकाल्ने समय परिपक्क भइसक्दा पनि फिर्ता गर्नसकेका छैनन् ।

लालीगुराँस सहकारीमा बचत गरेको रकम फिर्ता माग्ने बचतकर्ताहरुको ताँती लागेको छ तर बचतकर्ताहरुको रकम फिर्ता गर्न नसकेर लालीगुराँस सहकारीका सञ्चालकहरु उनीहरुसँग भागीभागी हिँड्ने गरेका छन् ।

बचतकर्ताहरुको रकम फिर्ता नगरी सञ्चालकहरु भागीभागी हिँड्ने गरेको लालीगुराँस सहकारी काठमाडौंको ठूला सहकारीमध्येको एक हो । विघटित गोर्खा विकास बैंकका डीबी बम्जनका नातेदार धनबहादुर तामाङ अध्यक्ष रहेको लालीगुराँस सहकारीमा स्रोत नखुलेको धनको कारोबार बढी हुने गरेको पाइएको छ ।

बचतकर्ताहरुले बचत रकम फिर्ता मागेपछि रकम फिर्ता गर्न नसकेर भाग्दै आएका सञ्चालकले बचतकर्ताहरुलाई चितवन, भक्तपुर, काभ्रेलगायतका क्षेत्रका जमिन दिने सन्देश पठाउने गरेका छन् र त्यो पनि एक करोड रुपैयाँ बचत गरेका बचतकर्तालाई आफैँले मूल्य तोकेर महंगोमा जग्गा भिडाउने र जबर्जस्ती थप रकम असुल्ने प्रपञ्च रचिरहेका भए पनि बचतकर्ताहरुले त्यस्तो जमिन लिन अस्वीकार गर्दै आएका छन् । लालीगुराँसका सञ्चालकहरुले चार अर्बभन्दा बढी रकम अपचलन गरेको पीडितहरुले बताउने गरेका छन् । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x