Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएटीएम मेसिन तोडफोड गर्ने पक्राउ

एटीएम मेसिन तोडफोड गर्ने पक्राउ


कास्की । एनएमबी बैंकको एटीएम मेसिन तोडफोड कार्यमा संलग्न एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीका अनुसार पोखरा महानगरपालिका–६ लेकसाइड वाराही चोकस्थित एनएमबी बैंकको एटीएम फुटाउँदै गरेको अवस्थामा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका–५ सल्यानटार घर भएका २५ वर्षीय मनोज कुमाललाई गएराति प्रहरीले पक्राउ गरिएको हो । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई एटीएम फुटाउँदै गरेको अवस्थामा एक थान खुकुरीसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

यसैबीच, प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुंगाबाट एक हजार दरका ७३ थान नक्कली नोटसहित सुनसरी देवानगन्ज गाउँपालिका–६ बस्ने २६ वर्षीय भोगान्द मेहतालाई पनि पक्राउ गरेको जानकारी दिएको छ । मंगलबार दिउँसो प्रहरीले मेहतालाई पक्राउ गरेको जानकारी दिएको छ । काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ९७५६ नम्बरको बसलाई प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार मेहतालाई ज्याकेटको खल्तीमा लुकाई ल्याएको उक्त नोटसहित फेला पारी पक्राउ गएिको प्रहरीको भनाइ छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x