पर्यटकीय संरचना निर्माण गर्न ३३ रोपनी जग्गा दान
दोलखा, फागुन १८
दोलखाको तामाकोशी गाउँपालिकालाई भ्युटावर, पानी पोखरीलगायतका पर्यटकीय संरचना निर्माण गर्न गाउँपालिकाभित्रका स्थानीयले ३३ रोपनी जग्गा दान गरेका छन् ।तामाकोशी गाउँपालिका ६, च्यामा घोरनागीमा गाउँपालिकाले भ्युटावर, पोखरी र पिकनिक स्पट बनाउने भएपछि च्यामाका चन्द्रबहादुरलगायत १५ जनाले आफ्ना पुर्खा पर्मानन्द फुयाँलको नामबाट आपूmहरूको नाममा आएको ३३ रोपनी जग्गा गाउँपालिकालाई दिएका हुन् । गाउँको विकासमा स्थानीय सरकारजतिकै स्थानीय नागरिकको पनि दायित्व हुने भएको जग्गा दान गरेको चन्द्रबहादुरले बताए । ‘स्थानीय सरकार मात्र सबै थोक हैन’, चन्द्रबहादुरले भने, ‘गाउँको विकासमा स्थानीय सरकारले योजना बनाएर नेतृत्व गर्छ भने स्थानीय नागरिकले पनि आपूmले सक्ने सहयोग गर्नुपर्छ, अनि मात्र विकास सम्भव हुन्छ ।’ कतै स्थानीय सरकारले चासो नदिने र कतै स्थानीय नागरिकले चासो नदिने भएकैले गाउँको विकास नभएको चन्द्रबहादुरलगायतको बुझाइ छ । ‘हामी गाउँको विकासको लागि स्थानीय सरकारसँग हातेमालो गर्न तयार छौँ,’ चन्द्रबहादुरले भने, ‘त्यसैले जग्गा दिएका हौँ ।’
गाउँपालिकाको विकास योजनामा स्थानीय नागरिकले चासो दिएर महत्वपूर्णस्थलको जग्गा दान गर्नु विकासमा सकारात्मक सहयोग भएको तामाकोशी गाउँपालिकाका अध्यक्ष इश्वरचन्द्र पोखरेलले बताए । स्थानीयले जग्गादान गरेकोले अब कालिञ्चोक, शैलुङ, गौरीशंकर हिमालजस्ता आकर्षक स्थलहरूको दृश्यावलोकन गर्न सकिने घोरनागीमा गाउँपालिकाले छिट्टै भ्यूटावर र पोखरीसहितको पिकनिकस्पट बनाउने अध्यक्ष पोखरेल बताउँछन् ।स्थानीय नागरिकको सहयोगमा गाउँपालिकाले पर्यटन, कृषिलगायत हरेक क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गर्नसक्ने अध्यक्ष पोखरेलको भनाइ छ । तामाकोशी गाउँपालिका ६, मसिनाचौर र ऐरामेका स्थानीय कृष्णप्रसाद फुयाँल (क), कृष्णप्रसाद फुयाँल (ख), मयानाथ फुयाँल (क), मयानाथ फुयाँल (ख), डम्बरकुमारी फुयाँल, भीमप्रसाद शर्मा, दुर्गाबहादुर फुयाँल, चन्द्रबहादुर फुयाँल, अर्घलाल फुयाँललगायत १५ जनाले गाउँपालिकाको अध्यक्ष इश्वरचन्द्र पोखरेल र उपाध्यक्ष उर्मिला केसीको उपस्थितिमा अमिनले नापजाँच गरेअनुसार ३३ रोपनी जग्गा गाउँपालिकाको नाममा रजिष्ट्रेसन पास गरिदिएका हुन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘न्यायालयप्रति विश्वास छ, सघाउँछौँ’
- वीरगञ्जको घडीअर्वा पोखरीमा छठको तयारी थालियो
- थुनुवा मृत अवस्थामा फेला
- उपहारमा पाएको जग्गामा एमालेले कति कर तिर्नुपर्ने हुन्छ?
- केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- लामिछानेलाई पोखरा ल्याइयो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया