Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाल–रसिया चेम्बरको नयाँ कार्यसमिति चयन

नेपाल–रसिया चेम्बरको नयाँ कार्यसमिति चयन


काठमाडौं । नेपाल रसिया चेम्बर अफ कमर्सको २५औँ साधारणसभाले बैंकर अशोक शेरचनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शुक्रबार राजधानीमा सम्पन्न सभाले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका शेरचनको अध्यक्षतामा २६ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

संघको निवर्तमान अध्यक्षमा नरेशलाल श्रेष्ठ तथा मानार्थ सदस्यमा राजेशकाजी श्रेष्ठ छन् भने वरिष्ठ उपाध्यक्षमा दिवस अमात्य तथा उपाध्यक्षद्वयमा कुमार कार्की र निमानुरु शेर्पा निर्वाचित भएका छन् । महासचिवमा विष्णुहरि पाण्डे, कोषाध्यक्षमा यमुना श्रेष्ठ तथा सचिवद्वयमा अनुराग गोयल र अविनाश सिलवाल चयन भएको संघले जनाएको छ ।

यस्तै, संघको कार्यकारिणी समिति सदस्यहरुमा अमृत खड्का, अनिल मानन्धर, अनुज भट्टराई, दिपकराज भुसाल, डा. विजय थापा, डा. मणिराम पोख्रेल, डा. उन्नत श्रेष्ठ निर्वाचित भएका छन् । कार्यकारिणी समितिका अन्य सदस्यहरुमा गोरे शेर्पा, लोकेश्वरमान जोशी, मनोज रसाइली, प्रवीण गौचन, प्रनिलमान सिंह प्रधान, रवि थापा, रुपक राजवंशी, सञ्चित बज्राचार्य र सरोज पाण्डे छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x