कालोबजारी नियन्त्रणको लागि सरकारको ध्यानाकर्षण
काठमाडौं । चाडपर्व भित्रिएसँगै कालोबजारी र महँगी बढेको भन्दै नेपाली उपाभोक्ता संरक्षण महासंघले सरकारको ध्यानाकर्षण गराएको छ । नेपाली उपभोक्ता संरक्षण महासंघका अध्यक्ष चन्द साउदको नेतृत्वको टोलीले आइतबार जिल्ला प्रसाशन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायमार्फत प्रधानमन्त्री शेरबहादुरलाई ज्ञापनपत्र बुझाएको हो ।
महासंघले कालोबजारी, भ्रष्टाचार, कुशासन, गुणस्तरहीन सेवा अखाद्य–विषादी खाद्य पदार्थले आम उपभोक्ताको स्वस्थ बाँच्ने र स्वच्छ प्रतिस्पर्धा गर्न पाउने संवैधानिक अधिकार समेत हनन भएको भन्दै प्रजिअमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याले महासंघले उठाएको माग जायज भएको भन्दै ज्ञापनपत्र प्रधामन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा पठाउने जानकारी दिए । प्रजिअमार्फत प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा विषादीयुक्त, म्याद गुर्जेका, गुणस्तरहीन खाद्य सामग्री तत्काल जफत गरी त्यस्ता व्यवसायीलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ । यस्तै महासंघको अनिवार्य प्रतिनिधित्वसहित अधिकारसम्पन्न बजार अनुगमन तथा कानुनी दायरामा ल्याउनसक्ने अधिकार सम्पन्न छुट्टै संयन्त्र गठन गर्न माग गरिएको छ । महासंघले अखाद्य मिसावटबाट बनेका खाद्य सामग्री नियन्त्रण गर र त्यस्ता उद्योगी र व्यवसायीलाई कडा कारबाही गर्न समेत आग्रह गरेको छ ।
यस्तै महासंघले कृषि क्षेत्रलगायत विभिन्न किसिमका अनुदान दिँदा गरिने झन्झटयुक्त प्रणाली खारेज गरी सम्बन्धित व्यक्ति वा समूहले लाभ लिनसक्ने अवस्थाको सिर्जना गर्न अदालतमा न्यायको लागि जाँदा लाग्ने अनावश्यक दस्तुर र असीमित समय नियन्त्रण गर्न आग्रह गरेको छ । महासंघले विभिन्न ३५ बुदाँको मागसहित सरकारको ध्यानषर्ण गराएको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया