नेपाली दूतावासमा श्रमिक सहायता केन्द्र स्थापना गरिने
काठमाडौं । मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा नेपाली श्रमिकहरूले भोगेका समस्या समाधानका लागि श्रमिक सहायता केन्द्र स्थापना गर्ने बताएका छन् ।
गैरआवासीय नेपाली संघसहित मलेसियामा रहेका नेपाली संघ–संस्थाहरूले आयोजना गरेको स्वागत कार्यक्रममा राजदूत पौडेलले घर फिर्ती, तलब सुविधा, आवास, कानुनी समस्या तथा स्थानीय प्रशासनसँग सम्बन्धित समस्यालाई तत्काल समाधान गर्न २४सै घण्टा श्रमिक सहायता केन्द्र सञ्चालन गरिने बताए । जोखिममा परेका नागरिकहरूको उद्धार तथा समस्या समाधानका लागि कल सेन्टर, कानुनी सहायता तथा सेल्टरलाई व्यवस्थित गरिने उनको भनाइ थियो । यस्तै उनले मलेसियामा रहेका नेपाली संघ संस्थाहरूसँग समन्वय तथा सहकार्यलाई विशेष महत्व दिने तथा दूतावास पुग्न नसक्ने स्थानमा नेपाली संघ–संस्थाहरूलाई परिचालन गर्ने योजना रहेको बताए ।
नेपाल सरकार तथा मलेसिया सरकारबीच सन् २०१८ अक्टोबरमा भएको श्रम समझदारीमा उल्लिखित श्रमिक अधिकारका विषयहरूको प्रभावकारी कार्यान्वयन आफ्नो प्राथमिकतामा रहेको उनको भनाइ छ । सो अवसरमा उनले मलेसियामा रहेका नेपालीहरूलाई औपचारिक च्यानल (बैंकिङ च्यानल)बाट मात्र रेमिट्यान्स पठाउन आग्रह गर्दै हुन्डीलगायत अवैध माध्यमको प्रयोगलाई नियन्त्रण गर्ने बताए । मुलुकको हितका लागि नेपाल–मलेसियाबीचको सम्बन्ध समधुर बनाउन आफू लागिपर्ने उनले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया