अर्थको राजस्व सचिवमा पुडासैनी चीनको राजदूतमा पाण्डे
काठमाण्डौँ,फागुन १९
सरकारले सहसचिव रामशरण पुडासैनीलाई सचिवमा बढुवा गरी अर्थ मन्त्रालयको राजस्व सचिवमा पदस्थापन गरेको छ । राजन खनालले अर्थ सचिवबाट अवकास पाएपछि सो स्थानमा अर्थकै राजस्व सचिव शिशिरकुमार ढुंगानालाई लगेपछि राजस्व सचिव पद रिक्त थियो । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थकै बजेट महाशाखा प्रमुख रहेका सहसचिवमध्ये सिनियर पुडासैनीलाई कायम मुकायम सचिव बनाएको हो । पुडासैनी अर्को साता मात्र पूर्णसचिव बन्ने छन् । सरकारले पुडासैनीलाई बढुवा गरेर उक्त स्थानमा लैजान लागेको अनुमान यसअघि नै गरिएको थियो । सोही कारण उनी सचिवमा बढुवा नहुन्जेल राजस्व सचिव पद रिक्त थियो । जागिरको करिब ३१ वर्षको अवधिमा पुडासैनीले आठ वर्ष अर्थअन्तर्गतकै लेखा र अरु सबै समय अर्थ मन्त्रालयमा बिताएका छन् । २०५३ सालदेखि अर्थ मन्त्रालयमा कार्यरत पुडासैनीले नेपालको प्रमुख दातृ निकाय एसियाली विकास बैंक, विश्व बैंकमा समेत काम गरिसकेका छन् । त्यही भएर उनलाई विदेशीसँग पनि ‘डिल’ गर्न सक्ने क्षमता भएको सचिवका रुपमा हेरिएको छ । अर्थ प्रशासनको बारेमा राम्रो जानकार पुडासैनीले अर्थ मन्त्रालयको महत्वपूर्ण निकाय बजेट महाशाखामा लामो समय काम गरिसकेका छन् ।
अहिले अर्थ मन्त्रालयको राजस्व सचिव पद निकै चुनौतीपूर्ण रहेको छ । सरकारको बढी विरोध र व्यापारीले चलखेल गर्ने ठाउँ नै करको विषय हो । नेपालमा मात्र होइन विश्वभर नै करको विषयलाई सरकारको तीव्र आलोचना हुनेगरेको छ भने करकै विषयलाई लिएर विश्वमा कैयौँ सरकार ढलेका पनि छन् ।त्यही भएर राजस्व सचिव पद नेपालमा पनि अत्यन्त चुनौतीपूर्ण मानिन्छ । तर, आइतबार बढुवा भएर राजस्व सचिवमा पदस्थापन भएका पुडासैनीसँग राजस्व प्रशासन राम्रोसँग चलाउने खुबी भएको अर्थकै अधिकारीहरु बताउँछन् । ‘राजस्व सचिवको लागि सरकारले उपयुक्त पात्र छानेको छ’, अर्थकै एक अधिकारीले भने, ‘पुडासैनीको जिम्मेवारी सही व्यक्तिलाई सही ठाउँ भएको छ ।’ करको बारेमा विपक्षीले मात्र होइन सत्तारुढ दलका नेता, कार्यकर्ता तथा उनीहरु निकटका उद्योगी तथा व्यापारीहरुले पनि आलोचना गरिरहेको बेला उक्त चुनौतीपूर्ण पद सम्हाल्न पुडासैनी पुगेका छन् ।
अझ सरकारले आर्थिक वर्ष २०७७÷०७८ बनाउनै लागेको बेला पुडासैनीले राजस्व सचिवको पद सम्हाल्न पुगेका छन् । देशको राजस्व कसरी संकलन गर्ने र कुनकुन वस्तुमा कति कर लगाउने भन्ने महत्वपूर्ण भूमिका नै राजस्व सचिवको हुन्छ । सबैको आँखा परेको राजस्व सचिव पदमा पुगेका पुडासैनीले आर्थिक दैनिकसितको कुराकानीमा आफू चुनौती पन्छाएर अगाडि बढ्न तयार भएको बताए । ‘चुनौतीको सामना गर्न सक्तछ भनेरै सरकारले पठाएको होला’, सचिव पुडासैनीले भने, ‘सरकारले मलाई जुन विश्वास गरेको छ त्यो विश्वासलाई डगमगाउन दिन्न र करमैत्री प्रशासन बनाउनेछु ।’यसैबीच, आइतबारकै मन्त्रिपरिषद् बैठकले चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाएको छ । उक्त पदमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई पठाउने निर्णय गरेको छ । यसअघि पनि पाण्डेलाई केपी ओली नेतृत्वकै सरकारले चीनका लागि राजदूतमा सिफारिस गरेको थियो । संसदीय सुनुवाइ पूरा नहुँदै ओली नेतृत्वको सरकार ढालेपछि तत्कालीन माओवादी–कांग्रेस गठबन्धनले पाण्डेको ठाउँमा पौड्याललाई राजदूत बनाएर पठाएको थियो । पौड्याल २०७३ कात्तिकमा राजदूत नियुक्त भएका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया