मास्कजन्य सामग्रीहरूको आयातमा छुट दिन चेम्बरको आग्रह
काठमाण्डौँ,फागुन १९
नेपाल चेम्बर अफ कमर्सले कोरोना भाइरसको प्रकोपबाट बच्न अति आवश्यक पर्ने उपकरण मास्कलगायतका सामग्रीहरूको आयातमा भन्सार तथा मूल्य अभिवृद्धि कर (भ्याट) छुट दिनको लागि सरकारसँग आग्रह गरेको छ । साथै चेम्बरले कोरोना भाइरसको सम्भावित प्रकोपलाई दृष्टिगत गर्दै सुरक्षात्मक उपायहरू अपनाउन सबै सरोकारवालालाई आग्रहसमेत गरेको छ ।
कोरोनाको सम्भावित प्रकोपको यस विषम परिस्थतिमा मास्क एवं अति आवश्यक वस्तुहरूलाई सहज एवं सुलभ तरिकाले बिक्री वितरण गर्न चेम्बरले सरोकारवालाहरूलाई आग्रहसमेत गरेको छ । साथै चेम्बरले कोरोनाको प्रकोपबाट सिर्जित समस्याहरूलाई दृष्टिगत गर्दै फागुन १३ गतेदेखि आयोजना गर्ने भनिएको चेम्बर एक्स्पो हाललाई स्थगित गरिएको जनाएको छ । चेम्बरका उपाध्यक्ष दिपककुमार मलहोत्राको संयोजकत्वमा समितिमा चेम्बरका कार्य समिति सदस्य मृगेन्द्र मेहर श्रेष्ठ, नवराज ढकाल, दिपक श्रेष्ठ, दीपक कुवर, देवेन्द्र भक्त श्रेष्ठ, सुरेन्द्र शारदा, सञ्जय अग्रवाल, त्रिभुवनधर तुलाधर, राजु श्रेष्ठ, अजुन शर्मा समावेश रहेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया