Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपहिलो दिन नैं १८ सय ६० बिन्दुमा खुम्चियो सेयर बजार

पहिलो दिन नैं १८ सय ६० बिन्दुमा खुम्चियो सेयर बजार


काठमाडौं । साताको सुरुवाती कारोबार दिन आईतबार नैं सेयर बजार परिसुचक ओरालो लागेको छ । आज बजार परिसुचक नौं दशमलव ६९ अंकले ओरालो लागेर १८ सय ६० दशमलव ९४ बिन्दुमा खुम्चिएको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ७२ अंकले ओरालो लागेर तीन सय ६५ दशमलव ४२ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २१ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट १६ हजार सात सय ७६ पटकको कारोबारमा २५ लाख ७४ हजार सात सय ८५ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम ८० करोड ३५ लाख २५ हजार पाँच सय ३३ रुपैंयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का आज कारोबार भएका कुल उपसमुहरु मध्ये दुई वटा उपसमुहको सुचक उकालो लागेर बाँकी ११ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x