Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारशताब्दी पुरुष जोशीको निधन

शताब्दी पुरुष जोशीको निधन


ललितपुर । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । जोशीको एक सय तीन वर्षको उमेरमा ललितपुर ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा आइतबार बिहान निधन भएको हो । पिसाब सङ्क्रमण, छाती तथा मुटुको समस्याबाट पीडित जोशी पछिल्लो समय डेङ्गुबाट समेत सङ्क्रमित भई सो मेडिकल कलेजमा यही असोज ७ गते भर्ना भई उपचाररत थिए ।

शताब्दी पुरुषको आइतबार बिहान ७ः०९ बजे निधन भएको उपचारमा संलग्न डा. सुरज बज्राचार्यले जानकारी गराएका थिए । अस्पताल बसाइको सुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछि जोशीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो ।

वाङ्मय शताब्दी पुरुष जोशीको पार्थिव शरीर ललितपुर इमाडोलस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा श्रद्धाञ्जलिका लागि राखिएको थियो । अस्पतालबाट आवश्यक प्रक्रिय पूरा गरी दिउँसो १२ बजेपछि पुल्चोकस्थित ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा अपराह्न ४ बजेसम्म श्रद्धाञ्जलिका लागि जोशीको पार्थिव शरीर राखिएको थियो ।

पिता शङ्करराज जोशी र माता राजकुमारीका सुपुत्रका रूपमा वि.सं. १९७७ वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मिएका जोशीले वि.सं. २०१३ मा लोकसंस्कृति ग्रन्थमा मदन पुरस्कार प्राप्त गरेका थिए । दोस्रो पटक नेपाली राष्ट्रिय मुद्रा नामक ग्रन्थमा वि.सं. २०१७ मा र ‘कर्णाली लोकसंस्कृति’ नामक ग्रन्थका लागि वि.सं. २०२८ मा मदन पुरस्कार प्राप्त गरेका जोशी वि.सं. २०१५ मा पुरातत्व र संस्कृति विभागका पहिलो निर्देशक भएका थिए । जोशीका संस्कृतिसम्बन्धी १० पुस्तक प्रकाशित छन् । जोशीको शवलाई परिवारले किस्ट मेडिकल कलेजलाई हस्तान्तरण गरेका छन् । उनको जन्म कुण्डली जलाएर परिवारले अन्त्येष्टि गरेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x