Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआज फेरि १८ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल जारी हुँदै

आज फेरि १८ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल जारी हुँदै


काठमाडौं । नेपाल राष्ट्र बैंकले असोज ३१ गते अर्थात् आज सोमबार पुनः १८ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । यसअघि यही असोज २४ गते पनि राष्ट्र बैंकले १८ अर्ब २५ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

राष्ट्र बैंकका अनुसार जारी मिति कात्तिक १ गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । बिक्री गरिने उक्त ट्रेजरीहरु क्रमशः २८ दिने अवधिको दुई अर्ब, ९१ दिने अवधिको पाँच अर्ब २० करोड, एक सय ८२ दिने अवधिको पाँच अर्ब र तीन सय ६४ दिने अवधिको छ अर्ब रुपैयाँबराबरको रहेको छ । जसमध्ये २८ दिनेको २०७९ कात्तिक २९ गते, ९१ दिनेको २०७९ माघ ३ गते, एक सय ८२ दिने अवधिको २०८० वैशाख ५ गते र तीन सय ६४ दिने अवधिको २०८० असोज ३० गते परिपक्व हुने अवधि तोकिएको छ । राष्ट्र बैंकका अनुसार आज बिक्री हुुने यी ट्रेजरी बिलहरु सबै पुरानो नवीकरणअन्तर्गतका रहेका छन् ।

यसअघि अर्थात् गत साता पनि राष्ट्र बैंकले २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको आठ अर्ब, एक सय ८२ दिने अवधिको दुई अर्ब २५ करोड र तीन सय ६४ दिने अवधिको तीन अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x