Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रतिबन्धित वस्तुहरूको आयातमा एलसी नखोल्न निर्देशन

प्रतिबन्धित वस्तुहरूको आयातमा एलसी नखोल्न निर्देशन


काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रतिबन्धित वस्तुहरुको आयात प्रतीतपत्र (एलसी) नखोल्न निर्देशन दिएको छ । आइतबार वाणिज्य, राष्ट्रियस्तरका विकास बैंक र अन्य सरोकारवाला निकायहरुको नाउँमा परिपत्र जारी गर्दै उक्त निर्देशन दिएको हो ।

सरकारले यही असोज महँगा गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्ध निरन्तरता दिँदै २०७९ मंसिर २९ गतेसम्म कायम राखेसँगै राष्ट्र बैंकले त्यस्ता वस्तुहरुको आयातको लागि तत्काल एलसी नखोल्न वाणिज्य बैंक र विकास बैंकहरुलाई निर्देशन दिएको हो ।

परिपत्रमार्फत राष्ट्र बैंकले भनेको छ, ‘विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायहरुलाई जारी गरिएको एकीकृत परिपत्र २०७८ को दफा १.१८ को अन्तिम वाक्यपश्चात् देहायबमोजिमको व्यवस्था थप गरिएको छ । सोअनुसार नेपाल सरकारद्वारा प्रकाशित नेपाल राजपत्र (खण्ड ७२) मिति २०७९ असोज २८ गते अतिरिक्तांक ४५) को सूचनाबमोजिम केही वस्तुहरुको पैठारीमा पूर्ण बन्देज लगाइएकोले सोही सूचनाबमोजिम गर्नु, गराउनुपर्नेछ ।

सोअनुसार यही असोज २८ गतेसम्म विदेशी मदिरा, तीन सय डलरभन्दा बढीको स्मार्ट फोन, एक सय ५० सीसीमाथिका मोटरसाइकल तथा जिप, कार र भ्यानको आयातको लागि एलसी खोल्न नपाउने व्यवस्था रहेकोमा यी वस्तुहरुको आयातमा लगाइएको प्रतिबन्ध २०७९ मंसिर २९ गतेसम्म कायम गरिएको छ । सोही व्यवस्थाअनुसार अब वाणिज्य बैंक र विकास बैंकहरुले उक्त मितिमा त्यस्ता वस्तुहरुको आयातको हकमा एलसी खोल्न पाउनेछैनन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x