Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्रियता जोगाउने लडाइँ, भ्रष्टाचारमुक्त समाज र यस क्षेत्रको विकासको लागि मेरो उम्मेदवारी

राष्ट्रियता जोगाउने लडाइँ, भ्रष्टाचारमुक्त समाज र यस क्षेत्रको विकासको लागि मेरो उम्मेदवारी

रिद्धी प्रताप ज.ब.राणा, काठमाडौं, क्षेत्र नं ४, प्रदेश ‘क’ प्रदेशसभा सदस्य उम्मेदवार, राप्रपा


काठमाडौं । ‘जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी’ अर्थात् जन्म दिने आमा र आफ्नो जन्मभूमि स्वर्गभन्दा पनि ठूलो र महान् हुन्छन् । तर अहिले आफ्नो जन्मभूमिलाई विकृत बनाइएको छ, यसलाई अझै विकृत बनाउन खोजिँदै छ । जो सच्चा नेपाली हो, जसको हृदयमा पुर्खाले दुःखले सिर्जित गरेको, आर्जित गरेको मुलुक छ, त्यसको लागि यो कदापि सह्य हुँदैन र हुनेछैन । यो मजस्तै तमाम देशभक्त युवाहरूको आवाज हो । यो आवाजलाई बुलन्द गर्न, यो आवाजलाई निर्णायक तहमा पु¥याउनको लागि मैलै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट काठमाडौं क्षेत्र नं ४, प्रदेश ‘क’ प्रदेशसभा सदस्यको रूपमा उम्मेदवारी दिएको हुँ । यो मेरो मात्र उम्मेदवारी होइन, देशप्रति माया भएको सञ्चा नेपालीको प्रतिनिधिको उम्मेदवारी हो । जोसँग यही आस्था र विस्वास भएका आम नेपालीहरूको साथ, समर्थन र सहयोग रहेको छ । राजसंस्था र हिन्दु राष्ट्रको पुनर्स्थापना, संघीयताको खारेजी, भ्रष्टाचारमुक्त मुलुक निर्माण, आर्थिक क्रान्तिको लागि, निःशुल्क गुणस्तरीय शिक्षा र स्वास्थ, राष्ट्रिय स्वाधीनता तथा काठमाडौं क्षेत्र नं ४ लाई देशकै व्यवस्थित, स्वच्छ र सुरक्षित नमूना क्षेत्र बनाउनको लागि राष्ट्रिय प्रजातन्त्र पार्टीको हलो चिह्न लिएर म चुनावी मैदानमा उत्रिएको हुँ ।

राष्ट्रियता जोगाउने लडाइँ, भ्रष्टाचारमुक्त समाज बनाउने अभियान, र यस क्षेत्रको विकासको यात्रामा जोडिन मैले उम्मेदवारी दिएको हुँ । म यो, ऊ पार्टी भन्दिनँ, यस क्षेत्रमा अहिले विभिन्न पार्टीका तर्फबाट थुप्रै नेताहरू आ–आफ्ना एजेन्डा लिएर चुनावी मैदानमा उत्रिनुभएको छ, उहाँहरू धेरैजसो बाहिरबाट आएर यस क्षेत्रमा बसोबास गर्नुभएको हो । तर म यही क्षेत्रको हुँ, यही क्षेत्रमा जन्मी, हुर्की, खेलेको मान्छे हुँ । यस क्षेत्रका प्रत्येक नागरिकको दुःख, सुख, हाँसोखुसी, रोदनसँग म नजिक छु । यस क्षेत्रका युवायुवतीहरूको पीडा मैले बुझेको छु । यो बुझाइलाई निर्णायक तहमा पु-याउनको लागि पनि मैले उम्मेदवारी दिएको हुँ । विगत लामो समयदेखि म यही क्षेत्रमा रहेर सामाजिक कार्यहरूमा सक्रिय रहेको छु । राप्रपा क्षेत्र नं ४ को अध्यक्ष, राप्रपा काठमाडौं जिल्ला अध्यक्ष (युवक संगठन), रिकभरिङ नेपालको कोषाध्यक्ष, माया नेपाल ड्रग्स रिह्याबिटेसन सेन्टरको कार्यकारी निर्देशक तथा संस्थापक अध्यक्षको रूपमा मैले लामो समय काम गरिसकेको छु, अहिले पनि गरिरहेको छु ।

विगत १५ वर्षदेखि १०औँ हजार व्यक्तिहरूलाई सामाजिक कार्यहरूमा सक्रिय रहेकै आधारमा सही ट्र्याकमा ल्याएको छ । यस क्षेत्रको युवायुवती, बयोवृद्ध, विभिन्न क्षेत्रमा स्थापित भएका व्यक्तिहरू सबैसँग म नजिक छु, नजिक रहेर काम गरेको छु, त्यही भएर पनि यस क्षेत्रमा जति पनि मतदाताहरू हुनुहुन्छ, उहाँहरूले राजनीतिक आस्था जुन पार्टीमा भए पनि एक भोट रिद्धीलाई दिन्छौँ, भनेर बाचा गर्नुभएको छ । उहाँहरूको यो बचनले मलाई हौसला मिलेको छ ।

नेपालमा अहिले धेरै वटा राजनीतिक पार्टीहरू रहेका छन् । ती आयातित पार्टीहरू हुन् । तर राप्रपा मात्र एउटा यस्तो पार्टी हो, जुन यही माटोमा जन्मीहुर्केको पार्टी हो । अन्य पार्टीको सभा समारोहमा विदेशी व्यक्तिहरूको फोटो राखेर सभा शुभारम्भ गरिन्छ, तर राप्रपा राष्ट्रपिता पृक्ष्वीनारायण शाहको तस्बिर राखेर कार्यक्रम सुरु गर्छ । अहिले राजनीतिलाई विकृत बनाइएको छ, यो विकृत राजनीतिलाई सही दिशामा ल्याउनको लागि पनि हामी युवा निर्णायकतहमा पुग्नै पर्छ, म नभए हामीजस्तै युवाहरू त्यो तहमा पुग्नै पर्छ । युवा भनेका देश बनाउने कर्णधारहरू हुन् । तर विडम्बना हामी युवा अहिले रोग, भोक र शोकसँग लडिरहेका छौँ । केही–केही पैसाको लागि आफ्नो ऊर्जाशील समय खाडीमा बिताइरहेका छौँ । देश हामी सबैको हो । यो देश बनाउनको लागि हामी सबै युवा आफ्नै देशमा बस्नुपर्छ, आफ्नै घरमा आफन्तसँग बस्नुपर्छ, बसाल्नु पर्छ । यही आवाज बुलन्द गर्न पनि मैले उम्मेदवारी दिएको हुँ । देश छोड्ने रहर कसैलाई हुँदैन, घरपरिवार छोड्ने रहर कसैलाई हुँदैन । आम नेपाली युवालाई आफ्नै देशमा रोजगारी दिनुपर्छ, तालिम दिनुपर्छ, स्वरोजगार बनाउनुपर्छ । यो राज्यको दायित्व हो, यो दायित्व पूरा गराउनको लागि राज्यलाई घच्घचाउनु पर्छ, राज्यको जिम्मेवार निकायमा बसेका व्यक्तिको कानमा चर्कोसँग कराउनु पर्छ, त्यसको लागि पनि मैले उम्मेदवारी दिएको हुँ ।

म एउटा सच्चा नेपाली युवा हुँ । नेपाली हुुनुमा मलाई गर्व छ, यही गर्व मजस्तै आम नेपालीहरूमा पनि छ । जो आफूलाई सच्चा नेपाली भएकोमा गर्व गर्नुहुन्छ, जसको घरमा बिहानको नित्य पूजासँगै घण्टी, बज्छ, शंख बज्छ, त्यो सच्चा नेपालीले मलाई भोट दिनुहुन्छ । धर्म भनेको आमा हो, जननी हो जुन कहिले परिवर्तन हुँदैन, तर यसलाई परिवर्तन गर्न खोजिँदै छ, यो परिवर्तनविरुद्ध राजनीतिक लडाइँ लड्नको लागि पनि मैले उम्मेदवारी दिएको हुँ ।

नेपालमा अहिले पनि ८१ प्रतिशत जनता हिन्दू हुनुहुन्छ । उहाँहरू राप्रपाको साथमा हुनुहुन्छ । जो सच्चा हिन्दू हो, ऊ राजसंस्था पुनर्स्थापनाको पक्षमा रहेको छ । तर त्यो पुनस्र्थापनाको राजपरिवारको अघिल्लो पुस्ताबाट होइन, धिरेन्द्रबाट सुरु हुनुपर्छ । नेपाली जनतामा मेरो अनुरोध छ, मेरो आह्वान छ, मेरो आग्रह छ, सबै सबै पार्टीका नेताहरूको परीक्षण भइसकेको छ । उनीहरूले गरेका कामहरूबाट हामी सबै परिचित छौँ, ती सबै बेथितिबाट हामी सबै परिचित छौँ । यी तमाम बेथितिहरूलाई चिरेर मुलुकमा दिगो आर्थिक विकास, समृद्धि, स्थायित्व, दिगो शान्ति र स्वाधीनता कायम राख्नको लागि राप्रपालाई राष्ट्रिय राजनीतिको निर्णायक तहमा पु¥याउनुहुन अनुरोध गर्दछु ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x