यातायात क्षेत्रमा १० खर्ब बढी लगानी
अधिकारसम्पन्न यातायात प्राधिकरण बनाउन माग
काठमाडौं । यातायात व्यवसायीहरूले अधिकारसम्पन्न यातायात प्राधिकरण निर्माण गर्न माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरको नेतृत्वमा मंगलबार यातायात व्यवसायीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नेपालको यातायात क्षेत्रलाई व्यवस्थित, मर्यादित, आधुनिक र यात्रुमैत्री बनाएर सञ्चालन गर्नका लागि अधिकारसम्पन्न यातायात प्राधिकरण निर्माण गर्न माग गरेका हुन् ।
नेपालका न्यून तथा मध्यम वर्गीय व्यवसायीको १० खर्बभन्दा बढी लगानीलाई सुरक्षित गर्न र यातायात क्षेत्रलाई व्यवस्थित, मर्यादित, आधुनिक र यात्रुमैत्री बनाएर सञ्चालन गर्नका लागि अधिकार सम्पन्न यातायात प्राधिकरण निर्माण गर्न माग गरिएको महासङ्घका महासचिव डेकनाथ गौतमले जानकारी दिए ।
‘न्यून तथा मध्यम वर्गीय व्यवसायीको पुँजीलाई व्यवस्थित गर्दै यातायात क्षेत्रमा रोजगारी बढाउनका लागि अधिकार सम्पन्न प्राधिकरण निर्माणको माग गरेका हौँ’, महासचिव गौतमले भने । यस्तै व्यवसायीले सवारीसाधनका लागि यसअघि लगाउँदै आएको २० वर्षे अवधि हटाएर सवारीको इञ्जिनको क्षमताका आधारमा सञ्चालन गर्न दिनसमेत माग गरेका छन् ।
हाल देशभर चार लाखभन्दा बढी सार्वजनिक सवारीसाधन सञ्चालन हुँदै आएको र उक्त सवारीसाधनमा प्रत्यक्ष ११ लाख र अप्रत्यक्षरुपमा करिब ४० लाख जनतालाई रोजगारी सिर्जना गरेको महासङ्घले जनाएको छ । व्यवसायीले मंगलबार नै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समेत उक्त माग राखेर ज्ञापनपत्र बुझाएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया