आर्थिक असमानता, बेथिति र भ्रष्टाचारको विरुद्ध लड्न राजनीतिमा
काठमाडौं । आगामी मंसिर ४ मा हुने संघीय निर्वाचनमा काठमाडौं क्षेत्र नं ६ बाट नेकपा एमालेकातर्फबाट उम्मेदवार बनेका नेपाल प्रहरीका पूर्वप्रहरी प्रमुख समेत रहेका सर्वेन्द्र खनालले आर्थिक असमानता, बेथिति र भ्रष्टाचारको विरुद्ध लड्न राजनीतिमा आएको बताएका छन् । आफू सानैदेखि न्याय, शान्ति, सुशासन र समृद्धिको लागि विद्रोह गर्दै आएको र त्यो विद्रोहलाई मूर्तरूपमा दिनको लागि निर्णायक तहमा आउनुपर्ने भएकाले राजनीतिमा होमिएका उनले बताए ।
चुनावको मिति नजिकिँदै गर्दा केही सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै खनालले मुलुकमा बढ्दै गएको, बेथिति, व्यभिचारी र भ्रष्टाचारको विषयमा तीव्र आक्रोश पोखे । ‘जताततै बेथिति छ, भ्रष्टाचार छ, कोही कसैको नियन्त्रणमा छैन, मूल्यवृद्धि छ, यसलाई नियन्त्रण गर्ने कसले ? शान्त, समुन्त, समृद्ध र सुशासनयुक्त मुलुक निर्माणको लागि म केही गर्न सक्छु, मेरो योगदान रहन सक्छ भनेर नै आफू एमालेमार्फत राष्ट्रिय राजनीतिमा होमिएर चुनावी मैदानमा उत्रिएको उनले बताए । कतिले भन्नुहोला सर्वेन्द्र एक्कासि राजनीतिमा आयो, तर त्यो होइन, मेरो पारिवारिक पृष्ठभूमि नै राजनीति हो, म विद्यार्थी जीवनदेखि नै कुनै न कुनै रूपमा राजनीतिक गतिविधिहरूमा संलग्न थिएँ । सबै कुराको लागि एउटा उचित समय आउनुपर्नेरहेछ, मलाई लाग्छ मेरो लागि राजनीति गर्ने उचित समय अहिले आएछ, त्यही भएर म राष्ट्रिय राजनीतिमा आएँ’, उनी भन्छन् ।
आफूले ३० वर्ष नेपाल प्रहरीमा रहेर देशको सेवा गरेको र त्यो सेवाले पनि अझ मलाई आम नेपाली जनताको आर्थिक विकास र समृद्धिमा नजिक रहेर, जोडिएर काम गर्नुपर्छे भन्ने भावना जागृत गराइरह्यो । त्यही भावना र आफ्नो दृढ इच्छाशक्तिले गर्दा राष्ट्रियमा राजनीतिमा होमिएको उनले बताए । नेपाल प्रहरीमा रहँदा अपराध नियन्त्रणको लागि आफूले चालेका कदमहरू, सीसीटीभी जडान, समुदाय प्रहरी साझेदारी कार्यक्रम, अपराध नियन्त्रणमा शून्य सहनसिलतालगायतका कार्यले अहिले धेरैहदसम्म समाज शान्त रहेको बताउँदै उनले उनले भने, ‘यी र यस्तै जनतासँग प्रत्यक्षरूपमा जोडिएका सेवा र आर्थिक विकासलाई आम नेपाली जनताको घरदैलोसम्म पु¥याउनको लागि राष्ट्रिय राजनीतिमा आएको हुँ ।’
आफूमा कुनै पनि राजनीतिक दलप्रति आग्रह पूर्वाग्रह नभएको भन्दै राजनीति विशुद्धरूपमा देश र जनताको लागि, राष्ट्रिय हितको लागि हुनेपर्ने उनले बताए । अहिले राजनीति आफ्नो दल, आफ्ना नेता तथा कार्यकर्ता र आफन्त भाइसाथीको लागि हुनेगरेको भन्दै यस्तो राजनीतिबाट माथि उठेर विशुद्ध जनताको लागि राजनीति गर्नुपर्ने उनले बताए । व्यक्तिगत स्वार्थबाट प्रेरित भएर गरिने कुनै पनि राजनीतिले देशको विकास गर्न नसक्ने भन्दै राष्ट्रिय हित र आर्थिक विकासको लागि सबैले त्याग गर्नुपर्ने उनले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया