Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारस्थानीय तहमा सडकका योजनालाई प्राथमिकताआर्थिक संवाददाता

स्थानीय तहमा सडकका योजनालाई प्राथमिकताआर्थिक संवाददाता


कञ्चनपुर, फागुन २०

कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका १ नम्बर वडाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा वडाले सडकका योजनालाई बढी प्राथमिकता दिएको बताएको छ । आइतबार वडा कार्यालयमै चालू आर्थिक वर्ष २०७६÷०७७ को पहिलो चौमासिकका योजना तथा कार्यक्रमबारे सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा वडाध्यक्ष अमरबहादुर खत्रीले चालू आर्थिक वर्षमा सञ्चालित भएका योजना तथा कार्यक्रमबारे प्रतितिवेदन प्रस्तुत गरेका छन् । अध्यक्ष खत्रीले प्रस्तुत गरेको प्रतिवेदनअनुसार १ नम्बर वडाले सडकका योजना उच्च प्राथमिकतामा दिएको छ । विकासका लागि सडक भन्ने धेयका साथ वडाले सडकका योजना प्राथमिकतामा राखेको अध्यक्ष खत्रीले बताए । अध्यक्ष खत्रीले दर्जनौँ सडकका योजना सम्पन्न भएका छन् । पुर्वाधारका योजनासँगै खानेपानी, शिक्षा, स्वास्थ्य, मन्दिरलगायतका विविध योजना लागू भएका छन् ।

केही योजना बाँकी रहेका छन् । बेलडाँडी गाउँपालिका प्रवक्तासमेत रहेका खत्रीले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रका योजनासमेत सञ्चालन भइरहेको बताएका छन् । कार्यक्रममा सरोकारवाला निकायले शिक्षा, स्वास्थ्य, खानेपानी, सडकलगायतका योजनालाई समेत उच्च प्राथमिकतामा राख्नुपर्ने जोड दिएका छन् । दिगो विकास र समृद्धिका योजनालाई प्रभावकारी सञ्चालनमा सुझाव दिएका छन् । वडा सदस्य गणेश विष्टले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा प्रमुख अतिथिसमेत रहेकी बेलडाँडी गाउँपालिका प्रमुख कमल कार्कीले वडालाई चुस्त दुरुस्त बनाउका लागि कार्यक्रम सबै वडाहरूमा सञ्चालन गरिने बताए । उपाध्यक्ष कार्कीले जतताको काममा इमानदारिता एव गुणस्तरीय योजना अघि बढाउन समेत आग्रह गरेकी छिन् । बेलडाँडी गाउँपालिकाकी समाजिक परिचालित कमला जोशी (रेग्मी)ले सञ्चालन गरेको कार्यक्रममा विभिन्न राजनीतिक दल, नागरिक समाज, शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्षलगायतका सरोकारवाला निकायको सहभागिता रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x