Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबजार परिसुचक १८ सय ४५ बिन्दुमा

बजार परिसुचक १८ सय ४५ बिन्दुमा


काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दुई कार्य दिन लगातार ओरालो लागेको बजार परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार पनि दुई दशमलव ६६ अंकले ओरालो लागेर १८ सय ४५ दशमलव ५१ बिन्दुमा झरेको छ ।

यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ६६ अंकले ओरालो लागेर तीन सय ६२ दशमलव ९६ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय १६ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट २० हजार दुई सय ७४ पटकको कारोबारमा २१ लाख ५१ हजार सात सय १४ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम ६४ करोड ३६ लाख सात हजार नौं सय ७५ रुपैंयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये होटल तथा पर्यटन र सामुहिक लगानी कोष उपसमुहहरुको सुचक उकालो लागेका छन् भने बाँकी उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x