नागढुंगा सुरुङमार्गको २८ प्रतिशत काम ‘फाइनल’
काठमाडौं । नागढुंगा सुरुङमार्गको सुरुङ खन्ने काम ६६ दशमलव ३ प्रतिशत सकिएको छ भने खनिएको मध्ये २८ दशमलव ६ प्रतिशत भाग गाडी गुड्न योग्य बनाएर फिनिसिङ गरिएको छ । यसलाई सुरुङमार्ग आयोजनाले ‘टनेल लाइनिङ’ भनेको छ ।
कात्तिक १ गते मंगलबारसम्म कुल पाँच हजार चार सय ९९ मिटरमध्ये तीन हजार छ सय ४४ दशमलव ८० मिटर सुरुङ खन्ने काम पूरा भएको छ । खनिएको उक्त भागमध्ये आठ सय चार दशमलव ४० मिटर सुरुङलाई फाइनल गरेर गाडी चल्ने अवस्थामा पु¥याइएको छ ।
गाडी गुड्ने २६ सय ८८ मिटरको मुख्य सुरुङमार्गमध्ये काठमाडौंबाट सात सय ८७ दशमलव ४० मिटर खन्ने काम भएको छ भने सो क्षेत्रको चार सय पाँच दशमलव ९० मिटरको लाइनिङको काम सकिएको छ । मुख्य सुरुङको धादिङतर्फबाट आठ सय २४ दशमलव ८० मिटर खनिएको मध्ये तीन सय ८६ दशमलव ५० मिटर सुरुङको लाइनिङको काम पूरा भएको छ । आयोजनाका अनुसार गाडी चल्ने मुख्य सुरुङको दुईतिरबाट सात सय ९२ दशमलव ४० मिटरको काम पूरा भएको छ ।
अहिले सुरुङ खन्ने र त्यसलाई फिनिसिङ गर्ने कार्य जारी राखेको कारण पहिलाको भन्दा कामदार बढाइएको छ । आयोजनाले सुरुङ फाइनल गर्नका लागि थप समय माग गरेको छ । यद्यपि त्यसमा निर्णय भने भइसकेको छैन । थप समय माग गरे पनि आयोजनाले कामलाई भने तीव्रता दिएको छ । तीव्ररुपमा काम गरे पनि फिनिसिङ गर्न थप समय चाहिने भएको कारण आयोजनाको मागप्रति सडक विभाग पनि सकारात्मक देखिएको छ । ‘काम गर्नेलाई समय पुगेन भने थप गरिदिन्छौँ’, सडक विभागका एक अधिकारीले भने, ‘समय थप उक्त आयोजनाका लागि ठूलो मुद्दा होइन ।’
मुख्य सुरुङको साथै क्रसपासहरुलाई पनि आयोजनाले फिनिसिङ गर्दै लगेको छ । मुख्य सुरुङ काठमाडौं र धादिङ दुवै तर्फबाट रातदिन अर्थात् २४सै घण्टा खन्ने काम जारी छ । नागढुंगा सुरुङमार्ग चिनिने यो योजना २०७६ साल कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुंगाको काठमाडौंतर्फ टुटीपाखामा शिलान्यास गरेका थिए । सुरुङमार्ग निर्माणको जिम्मा प्रतिस्पर्धाबाट जापानको हाम्जा–आन्द्रो जेभीले पाएको थियो । सोही साल असोज ६ गते सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखा र हाम्जा–आन्द्रो जेभीबीच सुरुङमार्ग निर्माणसम्बन्धी सम्झौता भएपछि कात्तिक ४ गते शिलान्यास गरिएको थियो ।
शिलान्यास गरेको १४ महिनापछि सुरुङमार्ग खन्ने काम २०७७ पुस पहिलो साताबाट भएको हो । सुरुङ खन्नु अगाडिको पूर्वाधारका काम, मुआब्जा विवाद, विस्फोटका पदार्थ आयातमा ढिलाइ, कोभिड महामारीलगायतको कारण १४ महिनापछि मात्र सुरुङको काम सुरु भयो । आयोजनाका एक इन्जिनियरका अनुसार सन् २०२३ भित्रमा सक्ने लक्ष्यका साथ जापनिज कम्पनीले काम गरिरहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया