पोेखरा रंगशालामा स्वर्गीय खेलाडी थापाको अर्धकदको सालिक स्थापना गरिने
पोखरा । पोखरा रंगशाला परिसरमा वर्गीय खेलाडी निसिम थापाको अर्धकदको सालिक स्थापना गरिने भएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले स्वर्गीय खेलाडी थापाको पोखरा रंगशाला परिसरमा अर्धकदको सालिक स्थापना गरिने प्रतिबद्धता जनाएका हुन् । मन्त्री अथकले सरकार र खेलकुद मन्त्रालयले स्वर्गीय खेलाडी थापाको विषयमा आवश्यक निर्णय समेत गर्ने बताए ।
नवौँ राष्ट्रिय खेलकुदमा सहभागी हुने क्रममा दुर्घटना परी ज्यान गुमाएका थापाको परिवारलाई भेट्न मन्त्री अथक बिहीबार पोखरा महानगरपालिका १० माटेपानीस्थित थापाको घरमा पुगेका थिए । थापाको घरमा पुगेर थापाप्रति श्रद्धाञ्जली दिँदै उनले परिवारमा गहिरो समवेदना प्रकट गरेका थिए । ‘खेलाडी निसिम थापाको निधनबाट राष्ट्रलाई ठूलो क्षति व्यहोरेको छ, शोकको यो घडीलाई शक्तिमा बदल्न म नेपाल सरकारको तर्फबाट अनुरोध गर्दछु’, उनले भने । सो क्रममा मन्त्री गहतराजले सम्मान स्वरूप स्वर्गीय थापालाई चेकसहित मरनोपरान्त स्वर्ण पदक समेत प्रदान गरेका थिए ।
राष्ट्रिय खेलकुद परिषद्ले नवौँ खेलकुद प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीहरूको बीमा गरेकाले थियो । जसअन्तर्गत थापाको परिवारलाई बीमा कम्पनीबाट रकम उपलब्ध गराउनका लागि खेलकुद परिषद्ले पहल गर्ने राखेपका सदस्य दिपेन्द्र बिस्टले जानकारी दिए । प्रतियोगिताअन्तर्गत आइतबार बिहान पोखराको सराङकोटमा ‘क्रस कन्ट्री’ खेलमा दुर्घटना हुँदा थापाको निधन भएको थियो । विभागीय टोली त्रिभुवन आर्मी क्लबको तर्फबाट खेलमा सहभागी थापा करिब एक सय मिटर उचाइबाट खसेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया