गैरआवासीय नेपाली संघद्वारा स्वर्ण पदक विजेतालाई सम्मान
काठमाडौं । गैरआवासीय नेपाली संघले संघको तर्फबाट ९औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पौडी विधाका स्वर्ण पदक विजेताद्वय एस्ली सापकोटा डंगोल र आशिष सापकोटा डंगोललाई सम्मान गरेको छ । संघले बिहीबार एक कार्यक्रमको आयोजना गरी खेलाडी तथा उनीहरूको परिवार र कोचलाई सम्मान गरेको हो ।
गण्डकी प्रदेशको पोखरामा आयोजना गरिएको ९औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आयोजना भएको पौडी प्रतियोगितामा एस्ली सापकोटाले छवटा स्वर्ण र आशिष सापकोटा डंगोलले तीनवटा स्वर्ण पदक प्राप्त गरेका छन् । कार्यक्रममा विजेताद्वयले संघको तर्फबाट प्रतियोगितामा भाग लिन पाएकोमा गर्व महसुस गर्दै संघप्रति धन्यवाद प्रकट गरेका थिए ।
कार्यक्रममा संघका अध्यक्ष डा. बद्री केसीले पदक बिजेताहरूका साथै उनीहरूका प्रशिक्षक र आमालाई बधाई तथा शुभकामना दिँदै आउने प्रतियोगितामा विदेशमा रहेका दोस्रो पुस्ताका ट्यालेन्टेड युवाहरूलाई खोजेर सहभागिता गराई नेपालको खेलकुद प्रवर्द्धन सहयोग गर्ने बताए । साथै उनले खेलाडीहरूलाई आउने ओलम्पिकमा पनि नेपालको तर्फबाट सहभागिता हुनका लागि शुभकामना दिए । साथै उनले ९औँ राष्ट्रिय प्रतियोगितामा हालसम्म २३ पदक हासिल गरेकोमा विजेता खेलाडी, प्रशिक्षक, व्यवस्थापक, संघको युवा विभागलगायत सबै सरोकारवालाहरूलाई बधाई दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नेपालको अर्थतन्त्र सुधार हुँदै: आईएमएफ उपनिर्देशक
- काठमाडौंमा अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी अन्तर्राष्ट्रिय सेमिनार
- ‘कनेक्टिङ कर्णाली’अन्तर्गत काठमाडौंमा मगुका तस्वीर-भिडियो प्रदर्शन
- पोखरामा इन्टरनेसनल बलुन फेस्टिभल हुने
- इना सेन्टरले भित्र्यायो दुबईको प्रसिद्ध अल हरमेन परफ्युम
- बन्दीपुरमा सडक खाना महोत्सव
- प्रेसिडेन्ट होटल एयरको नयाँ शाखा शुभारम्भ
- संविधान संशोधनका लागि राजनीतिक दलबीच छलफलको पहल सुरु भएको छ: सभामुख घिमिरे
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया