काठमाडौं । शनिबारसम्म डेंगुका कारण ५२ जनाको मृत्यु भएको छ । शनिबार एक जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या ५२ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म ४३ हजार छ सय ८५ जना सम्भावित डेंगुको बिरामी देखिएको छ । मुलुकका ७७ वटै जिल्लामा डेंगु फैलिएको मन्त्रालयले जनाएको छ ।
यस्तै, शनिबार ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सात सय ९८ नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । शनिबार ४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या सात सय १६ छ । हालसम्म नेपालमा १० लाख चार सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये नौ लाख ८७ हजार छ सय ८२ जना संक्रमणमुक्त भएका छन् भने १२ हजार १८ जनाको मृत्यु भएको छ ।
शनिबार २३ हजार छ सय सात जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । हालसम्म दुई करोड ३२ लाख आठ हजार चार सय ८३ जनाले खोपको पहिलो मात्रा, दुई करोड २३ लाख २४ हजार नौ सय ३३ जनाले पूर्ण मात्रा र ७९ लाख ७२ हजार सात सय ९१ जनाले खोपको अतिरिक्त मात्रा लगाएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नेपालको अर्थतन्त्र सुधार हुँदै: आईएमएफ उपनिर्देशक
- काठमाडौंमा अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी अन्तर्राष्ट्रिय सेमिनार
- ‘कनेक्टिङ कर्णाली’अन्तर्गत काठमाडौंमा मगुका तस्वीर-भिडियो प्रदर्शन
- पोखरामा इन्टरनेसनल बलुन फेस्टिभल हुने
- इना सेन्टरले भित्र्यायो दुबईको प्रसिद्ध अल हरमेन परफ्युम
- बन्दीपुरमा सडक खाना महोत्सव
- प्रेसिडेन्ट होटल एयरको नयाँ शाखा शुभारम्भ
- संविधान संशोधनका लागि राजनीतिक दलबीच छलफलको पहल सुरु भएको छ: सभामुख घिमिरे
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया