देशको आयात, निर्यात र वैदेशिक व्यापार सबै घाटामा
उच्च आयात र निर्यातमा डिजेल र पाम तेल क्रमशः २९ अर्ब र ८ अर्ब
काठमाडौं । चालू आर्थिक वर्षको तीन महिनामा नेपालको तेस्रो मुलुकसँगको आयात, निर्यात र वैदेशिक व्यापार तीनवटैमा कमी आएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुरुप साउन, भदौ र असोज महिनामा नेपालले अन्य मुलुकसँग गर्ने आयात, निर्यात र वैदेशिक व्यापारमा क्रमशः १६ प्रतिशत, ३६ प्रतिशत र १९ प्रतिशतले कमी आएको छ ।
यस्तै समीक्षा अवधिमा चार खर्ब ९९ करोड ८३ लाख रुपैयाँको वस्तु आयात भएको छ । सरकारले चालू आर्थिक वर्षमा केही वस्तुको आयातमा प्रतिबन्ध लगाएको कारण आयातमा कमी आएको छ । जुसलाई हाल पनि निरन्तरता दिइएको छ । सरकारले सबै प्रकारका तयारी मदिरा, तीन सय अमेरिकी डलरभन्दा बढी मूल्यका स्मार्ट फोनसेटहरु, जिप, कार र भ्यानहरु तथा एक सय ५० सीसीभन्दा माथिका मोटरसाइकलको आयातलाई प्रतिबन्ध लगाएको छ । जुन आउँदो मंसिर २९ गतेसम्मका लागि हो । सो अवधिमा डिजेल २९ अर्ब २९ करोड ८१ लाख रुपैयाँ, पेट्रोल १८ अर्ब २२ करोड ४४ लाख रुपैयाँ, खाना पकाउने ग्यास (एलपीजी) १४ अर्ब ९४ करोड ३६ लाख रुपैयाँ र कच्चा पाम १० अर्ब ६१ करोड पाँच लाख रुपैयाँ, एमएस बिलेट नौ अर्ब ५५ करोड ५२ लाख रुपैयाँ र मोबाइल आठ अर्ब ५३ करोड ३० लाख रुपैयाँबराबरको वस्तु आयात गरिएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा चार खर्ब ७८ अर्ब ५२ करोड रुपैयाँको वस्तु आयात भएको थियो । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधि, कच्चा पाम तेल, सुन, अन्य मेसिनरी तथा पार्ट्स, एमएस बिलेट, रासायनिक मल, सिमेन्ट, धान तथा चामल, दाललगायतका वस्तुहरु प्रमुख आयात हुने सामग्रीहरु हुन् ।
यस्तै, चार खर्बको आयात हुँदा निर्यात भने ३६ प्रतिशतले घटेको छ । तीन महिनाको अवधिमा ४१ अर्ब ८२ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । सोे अवधिमा पाम तेल आठ अर्ब पाँच करोड २७ लाख रुपैयाँ, धागो तीन अर्ब ६६ करोड ५८ लाख रुपैयाँ, भटमासको तेल तीन अर्ब १६ करोड २३ लाख रुपैयाँ, गलैँचा तीन अर्ब १० करोड ७० लाख रुपैयाँ र अलैँची एक अर्ब २० करोड ६१ लाख रुपैयाँबराबरको वस्तु निर्यात गरिएको हो । वस्तुगत आधारमा पाम तेल, सोयाबिन तेल, धागो (पोलिष्टर तथा अन्य), ऊनी गलैँचा, जिंक शिट, अलैँची, चिया, औषधि (आयुर्वेदिक) लगायतका वस्तु प्रमुख निर्यातजन्य सामग्री हो । गत वर्षको तीन महिनामा ६५ अर्ब पाँच करोड रुपैयाँको वस्तु निर्यात भएको थियो ।
यसैबीच आयात र निर्यातमा भएको कमीसँगै मुलुकले तेस्रो मुलुकसँग गर्ने व्यापारघाटामा समेत कमी आएको छ । चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा व्यापारघाटा तीन खर्ब ५९ अर्ब १७ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा व्यापारघाटा चार खर्ब १३ अर्ब ४७ करोड रुपैयाँ रहेको थियो । चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा कुल वैदेशिक व्यापार चार खर्ब ४२ अर्ब ८१ करोड रुपैयाँ छ ।
गत आर्थिक वर्षको सोही अवधिमा कुल वैदेशिक व्यापार चार खर्ब ४३ अर्ब ५७ करोड रुपैयाँ थियो । तीन महिनाको अवधिमा करिब एक सय २७ वटा मुलुकसँग नेपालले व्यापार गरेको छ । जसमा भारत, पाकिस्तान, थाइल्यान्ड, ताइवान, जर्मनी, बेलायत, स्विट्जरल्यान्ड, अमेरिका, भेनेजुयला, यमन, जाम्बिया, भियतनामलगायतका मुलुक छन् । वैदेशिक व्यापारमा भान्साका सामग्रीदेखि पेट्रोलियम पदार्थ, मेसिनरी सामग्री, सवारीसाधनलगायतका सामग्रीहरु आयात गरेको पाइन्छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- उपनिर्वाचनका लागि निर्वाचन आयोगले ताक्यो मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत
- स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा एक जना पक्राउ
- कतार एयरवेजले मङ्गलबारदेखि गौतमबुद्ध विमानस्थलमा उडान भर्दै
- राष्ट्रपति पौडेल र महासचिव गुटेरेसबीच भेट
- ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ विद्युत् महसुल बक्यौता पन्ध्र दिनभित्र उठाउने सरकारको निर्णय
- साउनयता छ सयभन्दा बढीमा स्क्रब टाइफस
- महिला सशक्तीकरणका क्षेत्रमा धेरै उपलब्धि भएपनि चुनौती अझै छन्: परराष्ट्रमन्त्री
- बाइडेन र ट्रम्पबीच बुधबार ह्वाइट हाउसमा भेटवार्ता हुने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया