Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदुर्गम पहाडी जिल्लामा निर्वाचन सामग्री ढुवानी

दुर्गम पहाडी जिल्लामा निर्वाचन सामग्री ढुवानी


काठमाडौं । निर्वाचन आयोगले दुर्गम पहाडी जिल्लाहरूमा निर्वाचन सामग्री ढुवानी गरिसकेको जनाएको छ । आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका आठवटा दुर्गम पहाडी जिल्लामा निर्वाचन सामग्री ढुवानी सम्पन्न भएको हो ।

आयोगले मतपेटिका, मतपत्र, छेकाबारा, कोरा कपडा, स्वस्तिक छापलगायत सामग्री ढुवानी गरिरहेको छ । निर्वाचनका लागि ५७ प्रकारका सबै सामग्रीहरू नियमितरूपमा ढुवानी भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार गण्डकी प्रदेशको मनाङ र मुस्ताङ, कर्णाली प्रदेशको हुम्ला, जुम्ला, मुगु, कालिकोट, डोल्पा र सुदूरपश्चिम प्रदेशको बाजुरामा निर्वाचन सामग्री ढुवानी सम्पन्न भएको हो । यीबाहेक ५१ जिल्लामा विभिन्न निर्वाचन केही सामग्री पठाइसकिएको आयोगले जनाएको छ । यद्यपि ती जिलामा सबै सामग्री ढुवानी हुन बाँकी रहेको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x