काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनका लागि नेपाललाई सहयोगस्वरूप भारतले दुई सय थान सवारीसाधन उपलब्ध गराएको छ । अर्थ मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मालाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतीय सरकारका तर्फबाट उपहारस्वरूप उपलब्ध गराइएका सवारी साधन (पीक भ्यान)को साँचो हस्तान्तरण गरेका हुन् ।
उक्त सवारीसाधनमध्ये एक सय २० वटा सुरक्षा निकाय र बाँकी निर्वाचन आयोगलाई उपलब्ध हुने बताइएको छ । भारतले विगतका वर्षहरूमा पनि निर्वाचनका समयमा यस प्रकारको सवारीसाधन उपलब्ध गराउँदै थियो । भारतले नेपाललाई हालसम्म दुई हजार चार सय सवारीसाधन उपलब्ध गराइसकेको छ । त्यसमध्ये दुई हजार सुरक्षा निकाय र चार सय थान निर्वाचन आयोगलाई प्राप्त भएको थियो ।
हस्तान्तरण कार्यक्रममा अर्थमन्त्री शर्माले मुलुकमा शान्ति, स्थायित्व र सामाजिक आर्थिक रूपान्तरण र लोकतन्त्रको सुदृढीकरणका लागि निर्वाचन सामग्री महत्वपूर्ण रहेको बताए । उनले भने, ‘हामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम संघारमा छौँ । यो निर्वाचन नयाँ संविधान निर्माणपछिको दोस्रो अवधिको निर्वाचनले लोकतन्त्र सुदृढीकरण र आर्थिक सामाजिक रूपान्तरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नेेछ ।’
नेपालको आग्रहमा भारत सरकारबाट उपहारस्वरूप ती सवारीसाधन प्राप्त भएकामा धन्यवादज्ञापन गर्दै अर्थमन्त्री शर्माले भारत हाम्रो महत्वपूर्ण विकास साझेदार रहेको बताए । ‘छिमेकी हुनुका नाताले भूकम्प र कोभिड–१९को सफ्टका समयमा पनि महत्वपूर्ण सहयोग भएको थियो । रासायनिक मल प्राप्त हुने चरणमा छ, त्यसका लागि पनि भारतलाई धन्यवाद छ । दुई देशबीचको व्यापार सन्तुलन गर्ने हाम्रो महत्वपूर्ण कार्यभार रहेको छ’, उनले भने, ‘नेपालको विद्युत् भारतीय बजारमा लैजानका लागि राजदूतले महत्वपूर्ण भूमिका निर्वाह गरेकोे छ । दुई देशबीचको सामाजिक, सांस्कृतिक, व्यापारिकसम्बन्ध विस्तारमा यस्ता सहयोगले सघाउनेछ ।’
राजदूत श्रीवास्तवले उपहारस्वरूप उपलब्ध गराइएका सवारीसाधन नेपाल र भारतबीचको सौहार्दपूर्ण सम्बन्धको प्रतिकारूपमा रहेको बताए । उनले भने, ‘नेपाल प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको आगामी निर्वाचनको तयारीमा जुटेको छ, चुनावी कार्यक्रममा सहयोगका रूपमा हामीले सवारीसाधन उपलब्ध गराउन पाएकामा खुसी व्यक्त गर्न चाहन्छौँ ।’ कार्यक्रममा गृहमन्त्रालयका सचिव विनोदप्रकाश सिंह, नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याललगायतको सहभागिता रहेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया