शिक्षामन्त्रीको दाबी : ५२ प्रतिशत विद्यालयमा आईसीटी ल्याब र इन्टरनेट सेवा
बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ५२ प्रतिशत विद्यालयमा आईसीटी ल्याब र इन्टरनेट सेवा पु-याएको बताएका छन् । मंगलबार बडिगाड गाउँपालिका ४ को चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले ५२ प्रतिशत विद्यालयमा आईसीटी ल्याब र इन्टरनेट सेवा पु-याएको दाबी गरे ।
‘हामी बनाउँछौैँ, हाम्रो विद्यालय अभियान’ सञ्चालन गरी १० वर्षे विद्यालय सुधार योजना सार्वजनिक गरेका छौँ”, उनले भने, ‘हालसम्म देशका ५२ प्रतिशत विद्यालयमा आर्ईसीटील्याब र इन्टरनेट सुविधा पु-याएका छौँ आगामी वर्षसम्म ६५ प्रतिशत पु-याउँछौँ ।’ बजेटमा ८ कक्षासम्म निःशुल्क खाजाको व्यवस्था भए पनि हाल सरकारले ६ कक्षासम्म लागू गरेको बताउँदै आगामी वर्षसम्म ८ कक्षासम्म पु-याउने पनि उनले बताए । यस्तै उनले समावेशी चरित्रका आधारमा जनताको मौलिक अधिकार प्राप्तका लागि लेखिएको संविधान कार्यान्वयन गर्ने क्रममा आफूहरू प्रतिबद्ध भएर लाग्ने उल्लेख गरे । संविधान र मौलिक हक, सार्वभौमिकताको रक्षाका लागि पाँचदलीय गठबन्धन भएको उनको दाबी थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया