Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारक्षमता र योग्यता भएका सबै व्यक्तिहरुलाई स्वरोजगार बनाउँछौं, राणा

क्षमता र योग्यता भएका सबै व्यक्तिहरुलाई स्वरोजगार बनाउँछौं, राणा


काठमाडौं,राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का काठमाडौं, क्षेत्र नं ४, प्रदेश “क” प्रदेश सभा सदस्य उम्मेदवार, रिद्धी प्रताप ज.ब.राणा आफ्नो निर्वाचन क्षेत्रमा योग्यता र क्षमता भएका सबै युवायुवतीहरुलाई स्वरोजगार बनाउने बताएका छन् । नक्साल, मैतिदेवी, ज्ञानेश्वर, डिल्लीबजार लगायतका क्षेत्रका मतदाताहरुसंग कुरा गर्दे राणाले उक्त कुरा बताएका हुन् ।
अहिले सामान्य व्यक्तिले जागिर खान, अथवा स्वरोगार हुन सक्ने अवस्था छैन ।

जहाँ पनि पावर र पैसाको कुरा गरिन्छ, जो संग पावर पनि छैन, पैसा पनि छैन, तिनीहरु क्षमता र योग्यता भएर पनि बेरोजगार हुनु परेको छ । यस्तो देख्दा देख्दै पनि राज्य टुलुटुलु हेरेर बसेको छ, हामी त्यस्तो गर्न दिदैंनौं । आफ्नो निवार्चन क्षेत्र भित्र पर्ने हरेक युवायुवतीहरुलाई उनीहरुको क्षमता, योग्यता र चाहाना अनुसार रोजगारी दिन, सिप सिकाउन आवस्यक पहलकदमी गछौं, काम गछौं, राणाले भने । इच्छाशक्ति भए यो काम गर्न खासै गाहे नहुने जिकिर पनि उनले गरे । हाम्रो क्षेत्रमा जति पनि उद्योग धन्दा, कल कारखाना, व्यवसाय, बैंक तथा वित्तीय संस्था, शैक्षिक संस्था, कर्पोरेट हाउस छन, ति सबै संस्थाहरुलाई हामी यस क्षेत्रका युवायुवतीहरुलाई रोजगारी दिन घच्घच्याउँछौं ।

क्षमता र योग्यता भएका यस क्षेत्रमा व्यक्तिहरु ति संस्थाहरुमा रोजगारी दिने अवसर सिर्जना गछौं, उनले भने । आफै स्वरोजागर हुन चाहाने व्यक्तिहरुलाई भने आवस्यक सिप, बीउ पुंजी र बजारको उचित व्यवस्थापन गरेर आफ्नै देश आफ्नै समाजमा स्वरोजगार बनाएर यस क्षेत्रलाई पुर्ण रोजगार क्षेत्र बनाउँछौं, उनले भने । यस क्षेत्रको फोहोरमैला व्यवस्थापन, हरियाली प्रर्वधन, सास्कृति सरंचना र रिती थितीहरुको संरक्षण र प्रर्वधन गर्ने, युवाहरुरुलाई कुलतमा फस्न नदिनको लागि बिभिन्न किसिमका सिप र सिर्जनात्मक कार्यहरुमा सामेल गराउने, फसेकाहरुलाई पनि कुलतबाट छुटाएर राष्ट्रको लागि जिम्मेवार नागरिक बनाउन ठोस र प्रभावकारीरुपमा हामी काम गछौं, राणाले भने ।

राप्रपाले मुलुकको दिगो आर्थिक बिकास, समृद्धि, राष्ट्रियता, स्वाधिनता, आत्म निर्भर अर्थतन्त्र, पुर्वाधार बिकास, सुशासन, राजसंंस्था सबैलाई मुख्य एजेण्डा बनाएर आफ्नो चुनावी घोषण पत्र सार्वजनिक गरिसकेको छौं । यो अवस्थामा हामीले पनि त्यही एजेण्डाको केन्द्रबिन्दुमा रहेर हामी काम गछौं, राणाले भने । हामीले उद्यमशिलता र स्वरोजगार प्रर्वधन कार्यक्रम (यस अन्र्तगत हामीले हातमा सीप भएका भएर पनि अथवा नभएर बेरोजगार भएका सबै युवायुवतीहरुलाई स्वरोगार बनाउने छौं । जसको लागि आवस्यक सीप तालिम दिने, साना तथा मझौंला उद्यम गर्नको लागि बिभिन्न किसिमका बैंक तथा वित्तीय संस्था एवं अन्य सरोकारवाला संघसंस्थाहरुसंग सहकार्य गरी बिउ पुंजी जुटाई दिन आवस्यक सहयोग गर्ने छौं, उनले भने ।

हामीसंग धेरै संभावनाहरु रहेका छन् । स्थानीयस्तरमा खेर जाने बस्तुहरु जस्तै पराल, भान्छाबाट निस्कने तरकारी तथा फलफुलका बोक्रा पात आदि) यि यस्ता वस्तुहरुलाई कम्पोष्ट मल बनाएर बिक्री वितरण गर्ने, हस्तकलाका सामान, खैलौना, अगरवत्ती लगातको सानो स्तरमा सञ्चालन हुने उद्योगहरुको स्थापना, उत्पादन र बजारीकरण र यसको लागि आवस्यक पर्ने तालिमको व्यवस्थापन गर्ने, राणाको भनाई थियो ।

जसले जतिसुकै भने पनि आर्थिक बिकासको मेरुदण्ड भनेको मानव श्रोत नैं हो । अर्थात युवा नैै हुन । युवाहरुलाई शैक्षिक, प्राविधिक, शारिरीक सबै किसिमबाट योग्य र क्षमतावान बनाउन सकेको खण्डमा सहीरुपमा देशको बिकास हुन सक्छ, देश समृद्ध बन्न सक्छ । यो सबै हुनको लागि स्वस्थ र दक्ष जनशक्ति हुनु पर्छ । यसको लागि हामी आवस्यक सबै किसिमका सिप तालिम तथा शिक्षा दिएर जनशक्तिलाई दक्ष र क्षमतावान नीति अगाडि सार्ने पनि राणाले बताए ।

स्थानीयस्तरमा धेरै किसिमका वस्तुहरु उत्पादन भईरहेका छन, हुन सक्छन । तर त्यस्ता बस्तुहरुले उचित बजार पाएका छैंनन् । आफुले उत्पादन गरेका बस्तुहरु कहाँ लगेर उचित मुल्यमा बेच्ने त्यस्तो कुनैं टुगो छैन । त्यही भएर पनि उत्पादनकर्ताहरु निराश भएका छन् । उत्पादित बस्तुहरु त्यसै खेर गएका छन, यस हुन नदिनको लागि हामीले सामुदायिक पसल, स्थानीय हाट बजारको अवधारणा ल्याएका छौं, जसबाट सबैले स्थानीयस्तरमा उत्पादित वस्तुहरु उचित मुल्यमा बेच्न सक्ने राणाले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x