Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबजार परिसुचक १९ सय २२ बिन्दुमा खुम्चियो

बजार परिसुचक १९ सय २२ बिन्दुमा खुम्चियो


काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन सात दशमलव ३२ अंकले उकालो लागेको बजार परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार भने १६ दशमलव १४ अंकले ओरालो लागेर १९ सय २२ दशमलव १६ बिन्दुमा झरेको छ ।

यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव पाँच अंकले ओरालो लागेर तीन सय ७९ दशमलव ४३ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २० वटा कम्पनीहरुको सेयर किनबेच भएकाछन् । जसबाट १८ हजार एक सय ४० पटकको कारोबारमा २७ लाख ६७ हजार पाँच सय ३९ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही आधारमा कुल कारोबार रकम ८९ करोड ८९ लाख सात हजार आठ सय ३० रुपैंयाँमा सिमित हुन पुगेको छ । अघिल्लो दिन यस्तो कारोबार रकम एक अर्ब ४६ करोड रुपैंयाँ रहेको थियो ।

नेपाल स्टक एक्सचेन्ज एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये दुई वटा उपसमुहरुको सुचक उकालो लागेर बाँकी उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x