Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउद्योगको उत्पादनमा ७० प्रतिशतसम्म गिरावट

उद्योगको उत्पादनमा ७० प्रतिशतसम्म गिरावट


काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले लगानी योग्य रकमको अभाव, उच्च ब्याजदर, कम पुँजीगत खर्च, नेपाल राष्ट्र बैंकले हालै लागू गरेको चालू पुँजी कर्जा निर्देशिकालगायतका कारण उद्योगी व्यवसायीको आत्मविश्वासमा निकै कमी आएको बताए ।

मागमा आएको संकुचनका कारण उद्योगको प्रकृतिका आधारमा ३० देखि ७० प्रतिशतसम्म उत्पादन र मागमा गिरावट आएको उनले जानकारी दिए । यस्तै उनले अर्थतन्त्रको मेरुदण्ड निजी क्षेत्रको आत्मबल बढाउने खालको नीतिगत व्यवस्था हुनुपर्नेमा जोड दिए । एकै पटक सबै सुधारका उपकरणहरू लागू गर्दा अर्थतन्त्रमा थप समस्या बढ्न सक्नेतर्फ सचेत हुनुपर्ने उनको भनाइ थियो ।

परिसंघ सचिवालमा बिहीबार अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) नेपाल प्रतिनिधि टेरेसा डबान सांचेजसँग नेपालको अर्थतन्त्रका विषयमा भएको छलफलमा उनले उक्त कुरा बताएका हुन् । मुलुकको पछिल्लो अर्थतन्त्र, उद्योगी व्यवसायीहरूले भोगेको समस्या, अर्थतन्त्र सुधारका लागि चालिनुपर्ने कदमलगायतका विषयमा परिसंघ र आईएमएफबीच छलफल भएको थियो ।

आईएमएफ नेपाल प्रतिनिधि सांचेजले कोभिड १९ को असरबाट बिस्तारै बाहिर आउने क्रममै रसिया युक्रेन युद्धले विश्व अर्थतन्त्रलाई नै समस्यामा पारेको बताइन् । यद्यपि उनले विभिन्न चुनौती रहे पनि एसियाको अर्थतन्त्र तुलनात्मक रूपमा राम्रो रहेको जानकारी दिइन् । नेपालप्रति अन्तर्राष्ट्रिय समुदाय निकै सकारात्मक रहेको भन्दै आगामी दिनमा त्यसले नेपाललाई फाइदा गर्ने उनको भनाइ थियो । भेटमा नेपाल उद्योग परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डे, मानार्थ उपाध्यक्ष अनुज अग्रवाल, परिसंघ बैंक तथा वित्तीय समिति सभापति अनलराज भट्टराई, महानिर्देशक दीपकराज जोशीलगायत सहभागी थिए । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x