Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवाणिज्य विभागद्वारा एसियन पेन्ट्सको गोदाममा छापा

वाणिज्य विभागद्वारा एसियन पेन्ट्सको गोदाममा छापा

मिति सकिएको रंग बिक्री गरेको पुष्टि


काठमाडौं । एसियन पेन्ट्स नेपाल प्रालिले मिति सकिएको तथा रंगको डिब्बामा सुरुमा रहेको लेबल हटाई नयाँ मिति र मूल्यसहितको स्टिकर टाँसी ग्राहकहरूलाई झुक्याएर बेच्दै आएको फेला परेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनको क्रममा एसियन पेन्ट्सले बजारमा बिक्री गर्न लैजान लागेको रंगमा यस्तो काम गरेको फेला परेको हो ।

पेन्ट्सको गोदामबाट वाणिज्य विभागले उपयोग मिति सकिएका तथा रंगको डिब्बामा सुरूमा रहेको लेबल हटाई नयाँ मिति र मूल्यसहितको स्टिकर टाँसेर रिलेबलिङ गरी बिक्रीका लागि बजार लैजान तयारी अवस्थामा राखेको करिब आठ हजार थान रंगको डिब्बा (टिन) नियन्त्रणमा लिएको छ । काठमाडौंको सतुङ्गल र ललितपुरको बालकुमारीस्थित गोदाममा राखिएका उल्लिखित रंगको बजार मूल्य करिब एक करोड २० लाख रहेको छ ।

उपयोग अवधि गुज्रेका तथा वास्तविक मूल्यलाई मेटेर बढी मूल्यसहित रिलेबलिङ गरिएका एसियन पेन्ट्सका रंग बजारमा बिक्री भएको पाइएपछि विभागले कम्पनीको उपत्यकास्थित दुईवटा गोदाममा एकै पटक छापा मारेको थियो ।

वाणिज्य विभागले छापा मारेर नियन्त्रणमा लिएको रंगलाई हाल विभागको बबरमहलस्थित कार्यालय परिसरमा राखिएको छ । एसियन पेन्ट्सलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारबाही गर्नुका साथै नियन्त्रणमा लिइएको रंगलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरि नष्ट गरिने वाणिज्य विभागले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x