Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमतपत्र छपाइको काम सम्पन्न

मतपत्र छपाइको काम सम्पन्न


काठमाडौं । प्रतिनिधि तथा प्रदेशसभा सदस्यका लागि आवश्यक मतपत्र छपाइको काम सकिएको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आवश्यक पर्ने कुल आठ करोड तीन लाख ९४ हजार पाँच सय मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका प्रतिनिधि सभातर्फ एक करोड ९८ लाख ७१ हजार र समानुपातिकतर्फ दुई करोड चार लाख २१ हजार मतपत्र छपाइ भएको छ । प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि एक करोड ९९ लाख १८ हजार पाँच सय र समानुपातिकतर्फ दुई करोड एक लाख ८४ हजार मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई मतपत्र छपाइको जिम्मा दिएको थियो । आयोगले आगामी मंसिर ३ गतेसम्म कायम हुने मतदाताको संख्याको आधारमा मतपत्रको छपाइ गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

यस्तै निर्वाचन आयोगले सबै जिल्लामा समानुपातिक निर्वाचन प्रणालीततर्फको मतपत्र ढुवानी गरिसकेको छ । यसैगरी पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ चारवटा प्रदेशको मतपत्र ढुवानी गरिसकेको आयोगले जनाएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि मतपत्र ढुवानी सम्पन्न गरिएको हो । गत बिहीबार मनाङ र मुस्ताङ जिल्लाका लागि आवश्यक मतपत्र हेलिकप्टरमार्फत ढुवानी भएसँगै चारवटा प्रदेशको मतपत्र ढुवानी सम्पन्न भएको आयोगले जनाएको छ । यस्तै आयोगले शुक्रबारदेखि प्रदेश नं. १ को मतपत्र ढुवानी गरिरहेको छ । कात्तिक २५ गतेसम्ममा प्रत्येक निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र समेत पुग्ने आयोगले जनाएको छ ।

आयोगले पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रत्येक निर्वाचन क्षेत्रमा कायम रहेका दल वा उम्मेदवारको निर्वाचन चिह्न अंकित मतपत्र प्रयोग गर्ने भएकोले यो पटक निर्वाचन क्षेत्र अनुसार फरक–फरक मतपत्रको प्रयोग गर्न लागेको छ । त्यस्तै समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभाका लागि देशैभर एउटै मतपत्र प्रयोग हुनेछ भने प्रदेशसभाका लागि भने प्रदेशमा कायम रहेका दलको संख्याअनुसार फरक–फरक मतपत्र प्रयोग हुने आयोगले जनाएको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x