Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअझै रोकिएन डेङ्गु सङ्क्रमण

अझै रोकिएन डेङ्गु सङ्क्रमण


काठमाडौँ । डेङ्गुको सङ्क्रमण रोकिने संकेत अझै देखिएको छैन । पछिल्लो एक सातामा तीन सय जनामा उक्त रोग देखा परेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार शुक्रबारसम्म तीन सय नयाँ सङ्क्रमित थपिएको हो ।

योसँगै देशभर डेङ्गु सङ्क्रमितको सङ्ख्या ४७ हजार ६८ पुगेको छ । कात्तिक महिनाको सुरुमै सङ्क्रमितको सङ्ख्या घटे पनि डेङ्गुको उच्च जोखिम मङ्सिरको अन्तिमसम्म रहने महाशाखाले बताएको छ ।

यसैबीच, थप २८ जनामा कोरोना सङ्क्रमण भएको छ । आइतबार कोभिड–१९ २८ जनामा देखिएको हो । देशभर गरिएको एक हजार आठ सय ७९ नमूना परीक्षणमा २८ जना सङ्क्रमित भेटिएका हुन् । आइतबार निको हुने बिरामीको सङ्ख्या १८ जना रहेको छ ।

योसँगै देशभर सङ्क्रमणबाट निको हुने बिरामीको नौ लाख ८८ हजार एक सय ४५ पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय ७० छन् । अहिलेसम्म कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १९ छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x