Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदामाथि कारबाही माग

एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदामाथि कारबाही माग


काठमाडौं । गैरआवासीय नेपाली संघ कतारका अध्यक्ष मोहम्मद मुक्तदामाथि एनसीसी कतारको कोषमा रहेको लाखौँ रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ । बागमती प्रदेश समन्वय परिषद् कतारले मुक्तदामाथि कोषको रकममा ठूलो आर्थिक अनियमितता गरेको आरोप लगाएको हो । परिषद्ले उनीमाथि कारबाही माग गर्दै उजुरी गरेको छ ।

बागमती प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष राजेन्द्र देवकोटाले एनसीसी कतारको कोषमा रहेको रकममा ठूलो आर्थिक अनियमितता गरेको आरोप लगाएपछि उनीमाथि छानबिन गर्न माग गरिएको हो । श्रमिकहरूको हितको लागि संघको कोषमा रहेको रकम र एनआरएन आईसीसीबाट प्राप्त रकमलाई समेत फर्जी बिल भौचर बनाएर एकलौटी रूपमा भ्रष्टाचार गरेको आरोप छ ।

बागमती प्रदेश समन्वय परिषद् कतारले मुक्तदामाथि कोरोनाको समयमा अक्सिजन प्लान्टको लागि सामाजिक संघ÷संस्थाहरुबाट उठाएको रकमलाई हालसम्म पनि नेपालमा नपठाई व्यक्तिगत प्रयोजनका लागि प्रयोग गरेको आरोप लगाएका छन् । ५० हजार डलरभन्दा बढी रकम नेपालस्थित केन्द्रीय कार्यालयमा आउनुपर्ने भए पनि हालसम्म एक पैसा पनि नआएको स्रोतको दाबी छ ।

उनले दशैंतिहार लगायत छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा परिषद् कतारका अध्यक्ष राजेन्द्र देवकोटामाथि हातपात समेत गरेका थिए । उक्त हातपात अभियोगमा समेत उनीमाथि कारबाही गर्न परिषद्को माग छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x