काठमाडौं । वैदेशिक रोजगारीको नाममा विदेश पठाउने भन्दै ठगी रकम बढेको छ । विदेश पठाउने भन्दै युवामार्फत १९ करोड रुपैयाँभन्दा बढी ठगी गरिएको छ । वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा विदेश पठाउने भन्दै १९ करोड दुई लाख रुपैयाँ युवाहरुमार्फत ठगी गरिएको छ । जुन गत वर्षको तीन महिनाको भन्दा करिब शतप्रतिशतले बढी हो । गत आर्थिक वर्षको तीन महिनाको अवधिमा नौ करोड चार लाख रुपैयाँ युवाहरुमार्फत ठगी गरेका थिए । सरकारले एजेन्ट राख्न नपाउने व्यवस्था गरे पनि उनीहरुमार्फत नै युवाहरु ठगीमा परेका छन् । त्यसबाहेक आफन्त, साथीभाइमार्फत ठगीमा पर्ने गरेको उनीहरु बताउँछन् । सोही क्रममा ३७ वर्षीय डम्बर बहादुर तामाङले क्यानडा पठाउने भन्दै दुई लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको बताए । साथीमार्फत सो रकम ठगी भएको उनले बताए ।
यसैबीच चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा १९ करोड सात लाख रुपैयाँ ठगी गरेको भन्दै विभागसमक्ष उजुरी परेको छ । युवाहरुले दिएको सो उजुरीको आधारमा विभागले कारबाही प्रक्रिया समेत अघि बढाएको छ । तीन महिनाको अवधिमा युवाहरुले ठगी भएको भन्दै विभागसमक्ष दुई सय ४२ वटा व्यक्तिगत उजुरी दर्ता गराएका छन् । गत वर्षको तीन महिना अवधिमा व्यक्तिगत उजुरी एक सय ५९ वटा थियो । यसरी हेर्दा उजुरी समेत बढेको छ । यद्यपि दुई सय ४२ उजुरीमध्ये विभागले ४५ वटा उजुरीको हकमा भने मिलापत्र गराएको छ । मिलापत्रसँगै ४२ करोड रुपैयाँ समेत पीडितहरुलाई फिर्ता दिएको छ । विभागले प्राप्त उजुरीको आधारमा १७ वटा उजुरी भने वैदेशिक रोजगार न्यायाधिकरणमा पठाएको छ । न्यायाधिकरणले व्यक्तिगत उजुरीको छिनोफानो गर्ने हुँदा विभागले न्यायाधिकरणसमक्ष पठाउने गरेको छ । यस्तै संस्थागततर्फको उजुरी भने विभागले समाधान गर्ने र नसकेमा अदालत पठाइने कानुनी प्रक्रिया रहेको छ । सरकारले आन्तरिक रोजगारी सिर्जना गर्न नसक्नु र वैदेशिक रोजगारीलाई समेत व्यवस्थित गर्न नसक्दा विदेश पठाउने नाममा गैरकानुनी गतिविधि बढ्दै गएको पाइन्छ ।
यस्तै विभागले तीन महिनाको अवधिमा लाखौँ रुपैयाँ ठगी गरेको उजुरी आएसँगै बिगोदाबीसहित अदालतसमक्ष मुद्दा दायर गरेको छ । उसले ११ करोड नौ लाख रुपैयाँ बिगोदाबीसहित अदालतसमक्ष मुद्दा दायर गरेको विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले जानकारी दिएका छन् । सरकारले कामका लागि विदेश पठाएको खण्डमा अधिकतम १० हजार रुपैयाँ लिन पाउने व्यवस्था गरे पनि त्यसलाई कार्यान्वयन गरेको पाइँदैन । विदेश पठाउने भन्दै मेनपावर तथा व्यक्तिहरुले लाखौँ रकम युवाहरुमार्फत लिने गरेको पाइन्छ । युवाहरु यसरी ठगीमा पर्दा सरकारी निकायहरु भने मौन बसेको पाइन्छ । सरकारी निकायहरु भने उजुरी समेत नलिने प्रहरीले ठगी गर्नेलाई खोजी नगर्नेलगायतका असहयोग गरेर बसेको पाइन्छ । सिजनल भिसामा ददिक्षण कोरिया पठाउने भन्दै पोखरा महानगरपालिका वडा नं. १० का कृष्ण रोक्कालाई विभागले पक्राउ गरेको थियो । रोक्काले ३१ जनाबाट करिब दुई लाख रुपैयाँका दरले कानुनविपरीत रकम उठाएका थिए । विभागले प्रहरीको सहयोगमा असोज दोस्रो साता ललितपुरबाट उनलाई पक्राउ गरेको थियो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने, पीडित युवाहरुलाई ठगी रकम फिर्ता दिने काम समेत गरेको पाइन्छ । मन्त्रालयले चालू आर्थिक वर्षको दुई महिनामा विदेश पठाउने नाममा ठगी गरेको ४८ करोड रुपैयाँ फिर्ता दिएको जनाएको छ । मन्त्रालय, विभागलगायत निकायले ठगी रकम फिर्ता गरे पनि जुन ज्यादै न्यून रहेको पाइन्छ । त्यसैले गर्दा ती निकायहरुले ठगी हुन नदिने र भएको खण्डमा क्षतिपूर्तिसहित रकम सहज रुपले पाउनसक्ने अवस्थाको सिर्जना गर्नु आवश्यक छ ।
गत आर्थिक वर्षमा विदेश पठाउने भन्दै ५८ करोड ८३ लाखभन्दा बढी रकम ठगी भएको दाबी गरिएको छ । जसमा संस्थागततर्फ करिब १५ करोड ५५ लाख रुपैयाँ र व्यक्तिगततर्फ ४१ करोड ४१ लाख रुपैयाँ मागदाबीसहित उजुरी परेको थियो । पछिल्ला वर्षहरुमा सामाजिक सञ्जालमार्फत ठगी गर्नेमा समेत वृद्धि भएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- करिब एक प्रतिशत घट्यो सक्रिय जीवन बीमालेखको संख्या
- आन्तरिक लेखापरीक्षणमा देखियो संघ र प्रदेशको साढे २१ अर्ब बेरुजु
- लाल आयोगको प्रतिवेदन सार्वजनिक
- श्रम स्वीकृति नलिई विदेशमा काम गरिरहेका नेपालीले अब स्वीकृति पाउने
- उपनिर्वाचनका लागि निर्वाचन आयोगले ताक्यो मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत
- स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा एक जना पक्राउ
- कतार एयरवेजले मङ्गलबारदेखि गौतमबुद्ध विमानस्थलमा उडान भर्दै
- राष्ट्रपति पौडेल र महासचिव गुटेरेसबीच भेट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया