Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारब्याजदर वृद्धिविरुद्धको आन्दोलन निर्वाचनसम्म स्थगित

ब्याजदर वृद्धिविरुद्धको आन्दोलन निर्वाचनसम्म स्थगित


काठमाडौं । बैंकहरुले ब्याजदर बढाएपछि उद्योगी/व्यवसायीहरुले सुरु गरेको आन्दोलन देशव्यापी बन्न थालेपछि व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले आगामी मंसिर ४ गतेको आमनिर्वाचनसम्म स्थगित गर्न आग्रह गरेको छ ।

सबैजसो जिल्लामा बैंकहरुविरुद्ध उद्योगी/व्यवसायी आन्दोलित भएपछि उद्योग र व्यापार नै प्रभावित हुन थालेको छ । निर्वाचनकै बेला आन्दोलनले उग्ररुप लिँदा त्यसले निर्वाचनमै प्रभावित हुने देखिएपछि महासंघले आगामी मंसिर ४ गतेसम्मका लागि आन्दोलन स्थगित गर्न आह्वान गरेको छ ।

निर्वाचनसम्मको अवधिमा महासंघ नेतृत्व निरन्तर सरकार एवं नेपाल राष्ट्र बैंकसँग संवादमा रहने र वार्ता एवं संवादका माध्यमबाट निजी क्षेत्रमा परेको समस्या समाधान हुने विश्वास महासंघले लिएको छ ।

निर्वाचनपछि पनि सरोकारवाला निकायबाट निजी क्षेत्रका माग सम्बोधन नभएमा महासंघले आर्थिक स्थायित्व एवं निजी क्षेत्रको हकहितका लागि थप कार्यक्रम घोषणा गरेर अगाडि बढ्ने जनाएको छ ।

निर्वाचनसम्मको अवधिमा महासंघ नेतृत्व निरन्तर सरकार एवं नेपाल राष्ट्र बैंकसँग संवादमा रहने र वार्ता एवं संवादका माध्यमबाट निजी क्षेत्रमा परेको समस्या समाधान हुने विश्वास महासंघले लिएको छ ।

निर्वाचनपछि पनि सरोकारवाला निकायबाट निजी क्षेत्रका माग सम्बोधन नभएमा महासंघले आर्थिक स्थायित्व एवं निजी क्षेत्रको हकहितका लागि थप कार्यक्रम घोषणा गरेर अगाडि बढ्ने जनाएको छ ।

तरलता अभावका कारण निरन्तर बढिरहेको कर्जाको ब्याजदर स्थायित्व र चालू पुँजी कर्जा मार्गदर्शन स्थगित गर्न नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल सरकार तथा नेपाल राष्ट बैंकसमक्ष माग गर्दै आएको छ ।

महासंघले बजारको न्युन मागका कारण व्यापार व्यवसाय प्रभावित भइरहेका बेला बढेको ब्याजदर र यही कात्तिकबाट केन्द्रीय बैंकले लागू गरेको मार्गदर्शनका कारण निजी क्षेत्र थप मर्माहत भएको जनाएको छ ।

तरलता व्यवस्थापन, ब्याजदर स्थायित्व र चालू पुँजी कर्जा मार्गदर्शन स्थगनका लागि महासंघका सदस्य जिल्ला/नगर उद्योग वाणिज्य संघहरु एवं वस्तुगत संघहरूले राखेका मागप्रति महासंघ ऐक्यबद्धता पनि जाहेर गरेको छ ।

ऐक्यबद्धता जाहेर गरे पनि आन्दोलनको कारण मंसिर ४ गते प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचन प्रभावित हुनेछ । लोकतान्त्रिक व्यवस्था एवं खुला बजार अर्थतन्त्रका लागि निर्वाचन महत्वपूर्ण रहेको भन्दै महासंघले आन्दोलनका कार्यक्रम स्थगित गर्न भनेको हो । महासंघ सम्पूर्ण प्रदेश च्याप्टर र सदस्य संस्थाहरूले आन्दोलन गरिरहेका छन् । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x