Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविकास बैंकहरूमा झण्डै पाँच प्रतिशतसम्म कर्जा निष्क्रिय

विकास बैंकहरूमा झण्डै पाँच प्रतिशतसम्म कर्जा निष्क्रिय


काठमाडौं । विकास बैंकहरुमा झण्डै पाँच प्रतिशतसम्म कर्जा निष्क्रिय देखिएको छ । सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरुमध्ये पछिल्लो अवधिसम्ममा क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १४ वटा विकास बैंकहरुले चालू आवको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकोमा शून्य दशमलव ७७ देखि चार दशमलव ६९ प्रतिशतसम्म कर्जा निष्क्रिय देखिएको हो ।

अपरिष्कृत वित्तीय विवरणअनुसार चालू आवको पहिलो त्रैमासिकमा सबैभन्दा कम निष्क्रिय कर्जा राष्ट्रियस्तरको मुक्तिनाथ विकास बैंकमा छ भने सबैभन्दा बढी निष्क्रिय कर्जा क्षेत्रीयस्तरको कर्पोरेट डेभलपमेन्ट बैंकमा देखिएको छ । चालू आवको पहिलो त्रैमासिकमा मुक्तिनाथमा शून्य दशमलव ७७ प्रतिशत कर्जा निष्क्रिय देखिएकोमा कर्पोरेटमा चार दशमलव ६९ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा भने यी दुई बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः शून्य दशमलव २३ र चार दशमलव ६५ प्रतिशत थियो । चालू आवको पहिलो त्रैमासिकमा क्षेत्रीयस्तरकै नारायणी डेभलपमेन्ट बैंक र ग्रिन डेभलपमेन्ट बैंकमा पनि निष्क्रिय कर्जाको अनुपात अन्यको तुलनामा बढी देखिएको छ । यी बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः चार दशमलव ६७ र चार दशमलव ४८ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा यी बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः सात दशमलव पाँच र दुई दशमलव ३५ प्रतिशत थियो ।

चालू आवको पहिलो त्रैमासिकमा महालक्ष्मी, कामना सेवा, लुम्बिनी र कर्णाली विकास बैंकहरुमा भने निष्क्रिय कर्जाको अनुपात तीन प्रतिशतको हाराराहारीमा रहेको छ । यी बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः तीन दशमलव ६२, तीन दशमलव ४०, तीन दशमलव २० र तीन दशमलव १२ प्रतिशत छन् । गत आवको सोही अवधिमा भने यी बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः तीन दशमलव शून्य आठ, एक दशमलव ७९, एक दशमलव ३१ र तीन दशमलव ४० प्रतिशत रहेको थियो । ज्योति र सांग्रिला डेभलपमेन्ट बैंकमा भने चालू आवको पछिल्लो अवधिमा दुई प्रतिशतको हाराहारीमा निष्क्रिय कर्जा छ । यी बैंकहरुमा क्रमशः दुई दशमलव ५० र दुई दशमलव २७ प्रतिशत कर्जा निष्क्रिय छ । गत आवको सोही अवधिमा भने यी बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः शून्य दशमलव ६८ र एक दशमलव ६४ प्रतिशत थियो ।

अपरिष्कृत वित्तीय विवरणअनुसार चालू आवको पछिल्लो अवधिमा गरिमा, मितेरी, सिन्धु र शाइन रेसुंगा डेभलपेन्ट बैंकमा भने एक प्रतिशतको हाराहारीमा निष्क्रिय कर्जा रहेको छ । यी बैंकहरुमा क्रमशः एक दशमलव ७१, एक दशमलव ६०, एक दशमलव ३० र एक दशमलव शून्य नौ प्रतिशत कर्जा निष्क्रिय छ । गत आवको सोही अवधिमा भने यी बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः एक दशमलव चार, शून्य दशमलव ९६, छ दशमलव ६४ र शून्य दशमलव ६८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । सञ्चालनमा रहेका १७ मध्ये एक्सेल, सहारा र सम्पकोशी डेभलपेन्ट बैंकको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक हुन बाँकी देखिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x