Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअन्ततः १८ सय ९३ बिन्दुमा खुम्चियो सेयर बजार

अन्ततः १८ सय ९३ बिन्दुमा खुम्चियो सेयर बजार


काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन ३९ अंकले ओरालो लागेर एक अर्ब ४० करोड रुपैंयाँको सेयर किनबेच भएकोमा साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि बजार परिसुचक २३ दशमलव ५२ अंकले ओरालो लागेर १८ सय ९३ दशमलव ७० बिन्दुमा झरेको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव १७ अंकले ओरालो लागेर तीन सय ७२ दशमलव ३७ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २६ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट २२ हजार तीन सय ९८ पटकको कारोबारमा ३१ लाख १४ हजार छ सय ८९ कित्ता सेयर किनबेच भएका छन् । सो अनुसार आज कुल कारोबार रकम एक अर्ब ११ करोड ९४ लाख ६१ हजार चार सय ११ रुपैंयाँमा सिमित भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहरुको सुचक ओरालो लागेर बजार परिसुचक पुरै रातो भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x