Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारखतरनाक क्रिप्टो व्यवसाय

खतरनाक क्रिप्टो व्यवसाय

१५ अर्बको सम्पत्ति एकैदिन १ अर्बमा झ-यो


एजेन्सी, अमेरिका । क्रिप्टो उद्यमी साम बेंकम्यान फ्रायडलाई औद्योगिक क्षेत्रका संघर्षरत कम्पनीहरुको लागि मेरुदण्ड मानिन्थ्यो । तर उनी आफैँलाई अहिले वित्तीय सहयोग खाँचो परेको छ ।

एसबीएफले चर्चित बेंकम्यानले यो हप्ता अर्बपतिको रुपमै सुरु गरेका थिए । उनीसँग ब्लुमबर्ग अर्बपति सूचकांकअनुसार १५ अर्ब डलरभन्दा धेरै सम्पत्ति थियो । तर उनको क्रिप्टो विनिमय कम्पनी एफटीएक्स तहसनहस भएपछि केही दिनमै उनी अर्बपति क्लबबाट बाहिरिन सक्ने देखिएको छ ।

उनको धेरै मूल्यवान् सम्पत्ति भनेकै एफटीएक्स र क्रिप्टो व्यापार कम्पनी अलामेडामा रहेको सेयर थियो । जुन उनैले स्थापना गरेका थिए ।

द ब्लुमबर्ग इन्डेक्सको अनुमानमा एसबीएफ र सबै अन्य लगानीकर्ताहरुको हात रित्तो हुँदै छ । त्यसो हुँदा यदि बाइनान्सले सहयोग नगरेको खण्डमा एफटीएक्स र अलामेडा आकस्मिक रुपमा मूल्यहीन हुनेछन् । धेरै मिडिया रिपोर्टहरु अनुसार बाइनान्ससँगको सम्झौता गोप्य छ । यस्तोमा बाइनान्सले त्यो सम्झौताबाट पछि हट्ने देखिएको छ ।

बिजनेस इन्साइडरका अनुसार बाइनान्सले मंगलबार सम्झौताबाट हट्ने घोषणा गरेको छ । योसँगै एसबीएफको कुल सम्पत्ति एक अर्ब डलरमा झरेको छ । जुन भनेको उनको कुल सम्पत्तिमा आएको ९४ प्रतिशत ह्रास हो । त्यो पनि एकै दिनमा ।

त्यसो त प्रविधि क्षेत्रका ठूला हस्तीहरुले पछिल्लो समय सम्पत्ति गुमाइरहेका छन् । यसअघि फेसबुकका प्रमुख मार्क जुकरबर्गको पनि गत फेब्रुअरीमा २९ अर्ब डलर सम्पत्ति घटेको थियो । सन् २०२१ मा इलोन मस्कको सम्पत्ति दुई दिनमै ५० अर्ब डलरले घटेको थियो । सन् २०१९ मा अमेजनका संस्थापक जेफ बेजोसको सम्पत्ति रातारात ३६ अर्ब डलरले घटेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x