Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआज पुनः १३ अर्ब ८५ करोड रुपैयाँको ट्रेजरी जारी गर्दै राष्ट्र बैंक

आज पुनः १३ अर्ब ८५ करोड रुपैयाँको ट्रेजरी जारी गर्दै राष्ट्र बैंक


काठमाडौं । नेपाल राष्ट्र बैंकले कात्तिक २८ गते अर्थात् आज सोमबार पुनः १३ अर्ब ८५ करोड रुपैयाँबराबरको ट्रेजरी बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न २ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । यसअघि यही कात्तिक २१ गते पनि राष्ट्र बैंकले १८ अर्ब १० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

राष्ट्र बैंकका अनुसार जारी मिति कात्तिक २९ मंगलबार तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । बिक्री गरिने उक्त ट्रेजरीहरु क्रमशः २८ दिने अवधिको दुई अर्ब, ९१ दिने अवधिको दुई अर्ब र एक सय ८२ दिने अवधिको नौ अर्ब ८५ करोड ५० लाख रुपैयाँबराबरको रहेको छ । जसमध्ये २८ दिनेको २०७९ मंसिर २७ गते, ९१ दिनेको २०७९ फागुन २ गते र एक सय ८२ दिने अवधिको २०८० जेठ २ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार आज बिक्री हुुने यी ट्रेजरी बिलहरु पुरानो नवीकरणअन्तर्गतका रहेका छन् ।

यसअघि अर्थात् गत साता पनि राष्ट्र बैंकले २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको सात अर्ब १० करोड र एक सय ८२ दिने अवधिको छ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल जारी गरेको थियो । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x