Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार३ महिनामा वैदेशिक रोजगारीमा गएका २८० नेपालीले ज्यान गुमाए

३ महिनामा वैदेशिक रोजगारीमा गएका २८० नेपालीले ज्यान गुमाए


काठमाडौं । तीन महिनामा वैदेशिक रोजगारीमा गएका दुई सय ८० जना नेपालीले ज्यान गुमाएका छन् । वैदेशिक रोजगार बोर्डको सचिवालयका अनुसार साउनदेखि असोज मसान्तसम्ममा वैदेशिक रोजगारीको क्रममा ती नेपालीको मृत्यु भएको हो । जसमा श्रम स्वीकृति लिएर गएका दुई सय ७१ जना पुरुष र नौ जना महिलाले बिरामी तथा दुर्घटनामा परी ज्यान गुमाएका हुन् ।

तीमध्ये साउदी अरबमा सबैभन्दा धेरै ७९ जना (७९ पुरुष), मलेसियामा ६४ जना (६२ पुरुष/२ महिला), कतारमा ४८ जना (४८ पुरुष), संयुक्त अरब इमिरेट्स (यूएई)मा ४८ जना (४५ पुरुष/३ महिला), कुवेतमा १९ जना (१६ पुरुष/३ महिला), दक्षिण कोरियामा छ जना (६ पुरुष), बहराइनमा पाँच जना (५ पुरुष), जोर्डनमा दुई जना (१ पुरुष/१ महिला) ले ज्यान गुमाएका छन् । साथै जापान, टर्की, पोल्याण्ड, पोर्चुगल, ओमान, माल्दिभ्स, ब्रुनाईमा क्रमशः एक जना पुरुषले ज्यान गुमाएका छन् ।

मृतकका ती परिवारलाई क्षतिपूर्तिबापत आर्थिक सहायतास्वरुप १६ करोड सात लाख ५५ हजार रुपैयाँ प्रदान गरेको छ । बोर्ड सचिवालयले मृतकका परिवारका नजिकका हकवालालाई आर्थिक सहायतास्वरुप सात लाख रुपैयाँ प्रदान गर्ने गरेको छ । बोर्डले कल्याणकारी कार्यअन्तर्गत मृतकका नजिकका हकवालालाई आर्थिक सहायता प्रदान गर्ने, अंगभंग/बिरामी भएका कामदारलाई आर्थिक सहायता, कामदारका परिवारलाई औषधोपचार सहयोग, शव झिकाउने, शव ढुवानी, अभिमुखीकरण तालिम दिनेलगायतका काम गर्दै आएको छ । उक्त कार्यहरु बोर्डको अनिवार्य दायित्वअन्तर्गत कल्याणकारी कार्य हो । सोही क्रममा कल्याणकारी कार्यअन्तर्गत तीन महिनाको अवधिमा सात सय ७८ जना (६६५ पुरुष/११३ महिला) का लागि बोर्डले १८ करोड ५३ लाख १५ हजार एक सय रुपैयाँ खर्च गरेको छ ।

यस्तै, बोर्डले तीन महिनाको अवधिमा दुई सय ७३ वटा (२६४ पुरुष/नौ महिला) शव मृतकको घर ठेगानासम्म ढुवानी गरेको छ । शव ढुवानीको लागि उसले ५३ लाख ६६ हजार रुपैयाँ खर्च गरेको छ । ६३ वटा (६९ पुरुष/३ महिला) शव झिकाउनका लागि ४५ लाख ९८ हजार रुपैयाँ खर्च गरेको छ । बोर्डले विदेशमा रहेको नेपाली नियोगसँगको समन्वयमार्फत शव झिकाएको हो । ३९ जना पुरुषको उद्धारका लागि आठ लाख १९ हजार रुपैयाँ खर्च गरेको छ । यसका लागि पनि नियोगसँग समन्वय गरेको पाइन्छ । ३१ जना (२९ पुरुष/२ महिला) अंगभंग/बिरामी भएका कामदारलाई आर्थिक सहायतास्वरुप एक करोड ३३ लाख ७० हजार रुपैयाँ वितरण गरेको छ ।

सात जना (५ पुरुष/२ महिला) वैदेशिक रोजगारीमा गएका कामदारका परिवारलाई औषधोपचार सहयोगस्वरुप तीन लाख ५० हजार रुपैयाँ र ८५ जना महिलालाई अभिमुखीकरण तालिम प्रदान गर्नको लागि ५९ हजार पाँच सय रुपैयाँ वितरण गरेको छ । बोर्डले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ३३ मा रही वैदेशिक रोजगार कल्याणकारी कोषको प्रयोग गरेको पाइन्छ ।

यस्तै, बोर्डका उपसचिव दिपक ढकालले कल्याणकारी कार्यका साथै पुनः एकीकरण कार्यक्रम समेत सञ्चालन गर्ने तयारीमा रहेको बताए । अनिवार्य दायित्वअन्तर्गत कल्याणकारी कार्य गर्दै आएका छौँ भने वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिका लागि पुनः एकीकरण कार्यक्रम कार्यान्वयन चरणमा रहेको उनको भनाइ छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x