नेपाल चीन उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः तुलाधर
काठमाडौं । नेपाल चीन उद्योग वाणिज्य संघको २३औँ वार्षिक साधारणसभाले त्रिभुवनधर तुलाधरलाई अध्यक्षमा पुनर्निर्वाचित गरेको छ । हालै राजधाानीमा सम्पन्न साधारणसभाले तुलाधरको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
संघको निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठ रहेको छन् । संघको वरिष्ठ उपाध्यक्षमा राजुबाबु श्रेष्ठ तथा उपाध्यक्षद्वयमा महेश्वर श्रेष्ठ र महेश शर्मा ढकाल निर्वाचित भए । यस्तै संघको महासचिवमा विवेक पौडेल, कोषाध्यक्षमा विजय मुल्मी, सचिवद्वयमा निरञ्जन तिवारी र रुक्मिणी पौडेल निर्वाचित भएको संघले जनाएको छ । संघको कार्यसमिति सदस्यहरूमा विजय श्रेष्ठ, विक्रम पाण्डे, ज्ञानेन्द्ररत्न तुलाधर, हेमन्त अग्रवाल, ह्वाङ इर्डोङ, कुमार दाहाल र पवित्र घर्ती मगर रहेका छन् ।
यस्तै, पासाङ नुर्बु, पशुपतिभक्त श्रेष्ठ, रमेश शेर्पा, शितल शर्मा, स्कन्द अमात्य, सोवित उप्रेती, सिन चेन चेन, यमुना श्रेष्ठ र झाङ शाओई कार्यसमिति सदस्यमा निर्वाचित भएको संघले जनाएको छ । संघका नवनिर्वाचित अध्यक्ष तुलाधरले नेपालको बढ्दो व्यापारघाटा कम गर्दै पर्यटन तथा लगानी प्रवर्द्धनका क्षेत्रमा सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनले चीनसँगको सीमानाका नियमित र पूर्ण क्षमतामा सञ्चालनका लागि संघले पहल गर्ने प्रतिबद्धता जनाए ।
साधारणसभाको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए भने साधारणसभामा निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठसहित हिमालय एयरलाइन्स, सिनो हाइड्रो सगरमाथा पावर कम्पनी तथा सिल्क ट्रान्सपोर्टलाई सम्मान गरिएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- फोहोर पानी प्रशोधन केन्द्रको काम समयमै सम्पन्न गर्न निर्देशन
- सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा अनिवार्य टिकटको व्यवस्था
- धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति
- त्रिविविद्वारा एआई प्रयोगमा प्रतिबन्ध
- अनुमति बिना तेजाबको बिक्री र प्रयोगमा रोक
- दिल्लीकी मुख्यमन्त्री आतिशीले केजरीवालको कुर्सी खाली राखिन्
- ईभीमा अमेरिकी अनुदानबारे डब्लूटीओले अनुसन्धान गर्ने
- दिसानायकाले लिए राष्ट्रपतिको शपथ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया