Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअवैध मोबाइल सामग्री बरामद

अवैध मोबाइल सामग्री बरामद


बुटवल, फागुन २२

सशस्त्र प्रहरीबल नेपाल नं. २७ गण भैरहवा रुपन्देहीले देवदह नगरपालिका– १ भलुहीमा अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको मोबाइल सामग्री र स्टेसनरी सामान बरामद गरेको छ । गणका गणपति तथा सशस्त्र प्रहरीबल नेपाल भैरहवाका सशस्त्र प्रहरी उपरीक्षक तेज पोखरेलले नं. २७ गण रुपन्देहीबाट खटिएको सप्रनिको टोलीले नियन्त्रणमा लिई भैरहवा भन्सार कार्यालयमा बुझाएको बताए । सशस्त्रले बुझाएको उक्त सामानको मूल्य एक लाख ७० हजार सात सय ८० रुपैयाँ कायम भएको उपरीक्षक पोखरेलले जानकारी गराए ।

चालू आर्थिक वर्षको सात महिनामा अर्थात् माघ मसान्तसम्म ३५ लाख ५९ हजार सात सय ४७ रुपैयाँ बराबरको अवैध सामान बरामद गरी भैरहवा भन्सार कार्यालय बेलहिया पठाएको कार्यालयले अवैध सामान नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको छ । उपरीक्षक पोखरेलले अवैध कारोबार गर्नेहरु मुख्य सडकलाई छोडेर भित्री सडकहरु प्रयोग गर्ने गरेको बताउँदै जानकारीमा आएजति सबै क्षेत्रहरु निगरानीमा राखिएको बताए । उनले अवैध सामान बरामदमा सशस्त्रको सक्रियता बढ्दै गएको बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x