काठमाडौं । निर्वाचनको मिती नजिकिंदै गर्दा सेयर बजार परिसुचकमा भने उकालो यात्रा सुरु भएको छ । अघिल्लो दिन १३ दशमलव ४० अंकले बढेर ८६ करोड रुपैंयाँको मात्र सेयर किनबेच भएकोमा साताको अन्तिम कारोबार दिन अर्थात निर्वाचन अघिको अन्तिम कारोबार दिन आज बिहिबार बजार परिसुचक एवं कारोबार रकम दुबै उच्च अंकले बढेका छन् । आज बजार परिसुचक २५ दशमलव ५७ अंकले उकालो लागेर १९ सय ३६ दशमलव ८३ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ४९ अंकले उकालो लागेर तीन सय ८१ दशमलव छ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहरु अन्तर्गत दुई सय २३ वटा कम्पनीहरुको २७ हजार दुई सय ३१ पटक सेयर किनबेच भएको छ । जसबाट ४३ लाख ८४ हजार चार कित्ता सेयर खरिद बिक्री हुंदा कुल कारोबार रकम एक अर्ब ७१ करोड ५४ लाख १९ हजार दुई सय ८६ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये १३ वटै उपसमुहहरुको सुचक उकालो लागेर सेयर बजारमा पुरै हरियाली छाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- एनआईसी एसिया क्यापिटल र रारा कर्णाली जलविद्युतबीच सम्झौता
- राष्ट्रिय वाणिज्य बैंकको पहिलो त्रैमासिक नाफा १५ करोड १३ लाख
- उपकार लघुवित्तको नाफा २७ लाख
- मेरो माइक्रो फाइनान्स १३औँ वर्षमा प्रवेश
- नाडेप लघुवित्तको पहिलो त्रैमासिक नाफा ऋणात्मक
- शाइन रेसुंगाको खुद नाफा २४ करोड
- क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको बीमांकीय मूल्याङ्कन प्रतिवेदन स्वीकृत
- शिगेरु इशिबा जापानको प्रधानमन्त्रीमा पुनः निर्वाचित
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया