Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिजी क्षेत्रको तर्फबाट राष्ट्रिय व्यावसायिक पहल निर्वाचन पर्यवेक्षण गर्दै

निजी क्षेत्रको तर्फबाट राष्ट्रिय व्यावसायिक पहल निर्वाचन पर्यवेक्षण गर्दै


काठमाडौं । निजी क्षेत्रको तर्फबाट राष्ट्रिय व्यावसायिक पहल निर्वाचन पर्यवेक्षण गर्ने भएको छ । राष्ट्रिय व्यावसायिक पहलले २०७० सालको संविधानसभा निर्वाचनदेखि नै निरन्तररूपमा प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहको निर्वाचनको पर्यवेक्षण गर्दै आएको छ। यस संस्थाले निर्वाचन आयोगबाट आउँदो मंसिर ४ गतेको निर्वाचनका लागि पनि निजी क्षेत्रको तर्फबाट पर्यवेक्षण गर्ने अनुमति पाएको छ । यसपटक पहलले देशका ६ वटा प्रदेशका २५ जिल्लामा एक सय २० जना पर्यवेक्षक परिचालन गरी निर्वाचन पर्यवेक्षण गर्न लागिरहेको छ ।

पहलले खटाएका पर्यवेक्षकहरूलाई निर्वाचन आचारसंहिता, २०७९ तथा निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ सम्बन्धी अभिमुखीकरण कार्यक्रम कात्तिक ३० गते बुधबार भर्चुअल माध्यमबाट सम्पन्न गरेको छ । साथै पर्यवेक्षणका क्रममा आवागमन सहज पार्न खटाइएका पर्यवेक्षकहरूलाई संस्थाको परिचय खुल्ने खालको ज्याकेट तथा सवारीसाधनका लागि ब्यानर समेत उपलब्ध गराएको छ । पहलले निर्वाचन निष्पक्ष, धाँधलीरहित तथा शान्तिपूर्ण ढङ्गले सम्पन्न हुनेमा हामी पूर्ण विश्वस्त रहेन बताएको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x