Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमलेसियामा नेपाली दूतावासले सुरु ग-यो ‘श्रमिकका लागि घुम्ती सेवा’

मलेसियामा नेपाली दूतावासले सुरु ग-यो ‘श्रमिकका लागि घुम्ती सेवा’


काठमाडौं । मलेसियास्थित नेपाली दूतावासले मलेसियाका विभिन्न सहरमा कार्यरत नेपाली श्रमिकको सुविधाका लागि घुम्ती सेवा सुरु गरेको छ । नेपाली श्रमिकहरू कार्यरत रहेको सहरमै दूतावासबाट प्रवाह गरिने सेवा प्रदान गर्न घुम्ती सेवा सञ्चालन गरिएको राजदूत डिल्लीराज पौडेलले बताएका छन् ।

बुधबार क्वालालम्पुरबाट करिब चार घण्टा मोटर बाटोको दूरीको जोहरवारुमा राजदूत पौडेलले अस्थायी घुम्ती सेवाको उद्घाटन गरे । गैरआवासाय नेपाली संघलगायत नेपाली संघ संस्थाहरूसँगको सहकार्यमा घुम्ती सेवा सञ्चालन गरिएको हो ।

एक हजारभन्दा धैरे नेपाली उपस्थित भएको कार्यक्रममा दुई सय ८० जना श्रमिकले राहदानीसम्बन्धी सेवा लिएका थिए। घुम्ती सेवामा राहदानीसम्बन्धी सेवाका साथै दूतावासबाट प्रवाह गरिने विभिन्न सेवाहरू प्रदान गरिएको नेपाली दूतावासले जनाएको छ ।

घुम्ती सेवा उद्घाटनका क्रममा राजदूत पौडेलले नेपाली श्रमिकहरू कार्यरत कम्पनीहरूको स्थलगत निरीक्षण, सेवा सुविधाबारे श्रमिकहरूसँग अन्तरक्रिरया तथा सम्बन्धित कम्पनी व्यवस्थापनसँग छलफलसमेत गरेका थिए ।

सुरक्षा गार्ड तथा सरसफाइसम्बन्धी कम्पनीहरूमा कार्यरत नेपाली श्रमिकहरूको गुनासो आएपछि उनले सम्बन्धित कम्पनी व्यवस्थापनसँग छलफल गरेका थिए। विशेषतः सुरक्षागार्ड र सरसफाइसम्बन्धी श्रमिकको समस्या समाधानका लागि दुई देशबीच भएको श्रम–सम्झौता २०१८ र मलेसियाको श्रम कानुनअनुसार व्यवस्थित गर्न लागिएको राजदूत पौडेलले बताए । राजदूत पौडेलले नेपाली श्रमिक कार्यरत तथा नेपाली श्रमिक माग गर्ने कम्पनीका व्यवस्थानलाई दूतावासमा बोलाएर समेत छलफल गर्दै आएका छन् । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x