मङ्गलबारे । इलाममा एक सय १५ वर्षीय वृद्धले मतदान गरेका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको जारी निर्वाचनमा फाकफोकथुम गाउँपालिका–७ सिकारी भञ्ज्याङका मनबहादुर राईले मतदान गरेका हुन् ।
फाकफोकथुम–७ स्थित सिंहदेवी मावि केन्द्रमा उनले मतदान गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । उनको नागरिकतामा जन्ममिति वि.सं. १९६४ लेखिएको छ । तत्कालीन एकतप्पा गाउँ पञ्चायत–५ मा उनको जन्म भएको हो ।
यस्तै प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको जारी निर्वाचनमा इलाममा किरियापुत्रीले पनि मतदान गरेका छन् । सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकामा किरियापुत्रीले मतदान गरेका हुन् ।
सन्दकपुर–३ को युवा आधारभूत विद्यालयबाट जनार्दन उप्रेती, बालकृष्ण उप्रेतीलगायत १० किरियापुत्रीले मतदान गरेका हुन् । उनीहरूका बुबा देउताराम उप्रेतीको तीन दिनअघि निधन भएको थियो ।
इलाम नगरपालिका–५, बरबोटेका किरियापुत्री तुलसी बराल र उनकी धर्मपत्नी तारा बरालले समेत स्थानीय गुरुकुल विद्यालय केन्द्रबाट मतदान गरिन् । तुलसीका बुबा गायत्री बरालको चार दिनअघि निधन भएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया